• ३२ असार २०८२, बुधबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ३१ गते । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेपछि घटेको मूल्य समायोजन हुने निगमको भनाइ छ । 

निगमका अनुसार पेट्रोलमा प्रति लिटर पाँच रुपियाँ तीन पैसा र मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपियाँ ३० पैसाले मूल्य घटेको हो । इण्डियन आइल कर्पोरेशनबाट मंगलबार मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।