बनाएँ घर
“बनाएँ घर ! चारतले बिल्डिङ बनाएँ । घुस खाएर लक्कु थुपारेको थिएँ नि !” यो मेरो जवाफ थियो । काका निलो, कालो हुनुभयो । बोल्नुभएन । उहाँका र बाका आँखा एकआपसमा जुधे । काकाको आँखामा के कस्तो भाव उत्पन्न भइरहे, मलाई वास्ता भएन । म त्यसपछि त्यहाँ बसिराखिनँ । उठेँ र भनेँ, “मलाई भरे भात पकाउनु पर्दैन । हिँडेँ । भोलि मात्र आउँला !”
मुक्तक
गोधूलिको रमणीय कथा लेख्न सक्दैन मान्छे अन्धकारको दुष्प्रभाव छेक्न सक्दैन मान्छे झमक्क साँझ पर्दा नपर्दै मुख छोपेर सुत्यो भने आकाशमा चम्किने तारा पनि देख्न सक्दैन मान्छे ।
गीत
मन पराउनेको भीडमा छु फेरि पनि एक्लो छु बने पनि हजार टुक्रा त्यही ऐनाभित्र सग्लो छु । क्षितिज पारी पुग्यो पक्षी खबर केही ल्याउँछ कि उडी गयो फिजाई पङ्ख सम्झना बोकी आउँछ कि
स्वतन्त्रताका कविता
समकालीन नेपाली कविताको मूल स्वर विद्रोही छ । त्यसो त आधुनिक नेपाली कविताको प्रमुख धारा परम्परागत मूल्यहरूमा रहेका विभाजन र विभेदकारी पुरातन व्यवस्था तथा वर्तमानको पश्चगामी अवस्थाप्रति कविता सदैव मुखर प्रतिक्रियात्मक बनेको देखिन्छ । कविता हेतुका सम्बन्धमा स्थापित शास्त्रार्थहरूलाई एकछिन बिर्सेर आजको युगमा कविता लेख्नु
मुक्तिनाथमा उडेका पाइला
मुक्तिनाथ जाने हो ? जाने भए जाउँ । सिट खाली छन् । तिहारको पूर्वसन्ध्यामा आफन्तले मुक्तिनाथ यात्राको प्रस्ताव लिएर आउँदा उत्साहित हुँदै भनेकी थिएँ– आहा ! त्यत्रो तीर्थ जान पाए किन नजानु । धेरै अघि मुक्तिनाथ जान मन लागेपनि योजना नै बुनेकी त थिइनँ । समयले खटाएपछि योजना आफैँ बन्दो रहेछ ।
सफलताको सिँढी सकारात्मक सोच
भय, घृणा, ईष्र्या, सन्देह, लोभ, मोह, हीनता, अहङ्कार, द्वेष आदि दुर्गुणले मानिसको व्यक्तित्वमा क्रूरता, दुर्बलता, कठोरता, उदण्डता, निरसता, चिडचिडाहटपन, रुखोपन, अल्छीपन, अस्तव्यस्तता, धोका, स्वार्थीपन आदिले भरिदिन्छ । यसले तनाव, कुण्ठा, निरासा, लाचारी, दुःख, असफलता, दरिद्रता, थकावट, असन्तोष आदिबाहेक केही दिँदैन र आन्तरिक शक्ति दुर्बल बनाइदिन्छ तर विश्वास, अभय, सहिष्णु, मृदुता, श्रद्धा, निष्ठा, सहयोग, इमानदारी, दया, करुणा, सत्य आदि सद्गुणले आचार, व्यवहारमा वीरता ल्याई मानिसको व्यक्तित्व उत्साही, आशावादी, प्रसन्न, तनावमुक्त, विनम्र, सहृदयी, अनुशासित बनाइदिन्छ ।
ऊर्जावान् व्यक्तित्व राधेश्याम
झण्डै पाँच दशकअघि (२०३३ सालमा) तिहारलगत्तै एक दिन मेरा अग्रज पवनराज सुपारीका साथ पशुपति क्षेत्रमा अवस्थित भुवनेश्वरी मन्दिरमा आयोजित भट्टराई बन्धुहरूको भेलामा म सहभागी भएको थिएँ । समय–समयमा काम विशेषले काठमाडौँ जाने–आउने गरेको भए पनि जानपहिचान र सरसङ्गतका दृष्टिले काठमाडौँ मेरा लागि नूतन थियो । यहाँको परिवेश र रहनसहनबारे पढेको मात्र थिएँ– देखे जानेको थिइनँ ।
पिकासो, प्रधान र ज्यामितीय कला
सुरेन्द्र प्रधान हामीबिच हुनुहुन्न । चित्रमा मात्र उहाँ जिवित हुनुहुन्छ । केही वर्षअघि उहाँको क्यान्सरको कारण निधन भयो । नेपाली कलाकारहरुलाई प्रायः क्यान्सरले नै लगेको देखिन्छ । डाक्टर रामकुमार भौकाजीलाई यही रोगले लग्यो । धरानका स्वयंप्रकाश श्रेष्ठको जीवनलीला पनि यही रोगले चुँड्यो । प्राज्ञ शान्तकुमार राई, पुरन खड्का लगायत धेरै होनहार प्रतिभाहरुको जीवनलीलालाई क्यान्सरले नै समाप्त पा¥यो । अझै खोज्दै जाने हो भने अरू पनि धेरै कलाकारहरु छन् जो चाँडै बिते । य
दसैँको प्रतीक
बर्खालाई बिदा गर्दै मनसुन टाढिएको छ । आकाश छ्याङ्ङ उघ्रिएको छ । शरद् ऋतुले छपक्कै छोपेको छ । गर्मी उत्तरार्धतिर छ । सिरसिर चलेको मन्द चिसो हावाले शीतकाललाई स्वागत गरिरहेको छ । महान् चाड दसैँ दैलोमै आइपुगेको छ । मनलाई मोहित पार्ने शारदीय मौसम र दसैँको यो सम्मिलनका बिच विशिष्ट नाता जोडिएको एउटा सांस्कृतिक पहिचान हो– चङ्गा । नेपाली शब्दकोष पल्टाउने हो भने ‘चङ्गा’ को अर्थ ‘धागो छोडेर हावामा उडाइने कागज वा प्लास्टिकको खेलौना’ मा मात्रै सीमित छैन । चङ्गाले तन्दुरुस्त, फुर्तिलो र स्वच्छतालाई प्रतिविम्बित गर्दछ । चङ्गा उडाउँदा मनमस्तिष्क