तिम्रो कुरूप बोली सुनेर
मन हैन,
लाजले मेरो अनुहार
रातो भएको थियो
त्यो पीडाको राँको
हिजोआज
आँखाभरि दगुर्छन् बाफिएर
मनमा त्यसको गन्ध
हावाले बोकेको पानी जस्तै
चिसै भएर होला
अझै बिलाएको छैन
आफैँसँग पराजित भएपछि
मान्छे जित्ने निहुँ
जसरी पनि खोज्दो रहेछ
हातको इसारामा बस्नेहरू
प्रायः कि त चेसबोर्ड
कि त बाघचाल
कि त लँुडो
मज्जाले खेलिरहेका हुन्छन्
पाएसम्म अझ
कि त चेक गर्ने अथवा
नपाए थुन्ने र खाने दाउ खोज्दै
यतिखेर आँखा चिम्म पार्दै
नियालिरहेका छन्
हामीले अब कहिले भन्ने होला–
तपाईंहरू अचेल कसको
निगरानीमा हुनुहुन्छ ?