सहरको मध्य भागमा अवस्थित एउटा सानो क्याफे, ‘चिया अड्डा’, जहाँ हरेक उमेरका मानिसहरू आउँथे । एक साँझ, त्यही क्याफेमा दुई पुस्ताको जम्काभेट भयो, संयम, ६५ वर्षीय एक सेवानिवृत्त शिक्षक, जसले जीवनभर किताबसँग सङ्गत गरे । उनी पुस्तकमै डुब्ने र सामाजिक मूल्यहरूलाई मन पराउने व्यक्ति थिए । अर्कोतर्फ २२ वर्षीय आरोह, जो पहिले अर्जुनकै विद्यार्थी तर अब भने जसको जीवन स्मार्टफोन र इन्टरनेटबिनाको कल्पना गर्न पनि गाह्रो थियो । उनी एउटा स्टार्टअप कम्पनी चलाउँदै थिए र आफूलाई डिजिटल संसारकै नायक ठान्थे ।
त्यो साँझ संयम चिया अड्डाको कुनामा बसेर अखबार पढिरहेका थिए । आरोह आफ्नो ल्यापटपमा कुनै प्रोजेक्टमा व्यस्त थिए । संयमले थाहा पाए, सानैदेखि आरोहको प्रविधिप्रति उत्कट झुकाव थियो । त्यसैलाई उसले साकार रूप दिइसकेको थियो । आरोहले प्रविधिमा ठुलै सफलता पाइसकेको थियो तर उनलाई लागेको थियो, “यी नयाँ पुस्तालाई वास्तविक संसारको अनुभव छैन ।” संयमले सोधे, “बाबु ! तिमी दिनभर मोबाइलमै डुबेर बस्छौँ । साँच्चै, तिमीलाई लाग्दैन कि जीवन अनुभवबाट सिकिन्छ, गुगलबाट होइन ?”
आरोहले मुस्कुराउँदै जवाफ दियो, “संयम सर ! प्रविधि भनेकै ज्ञानलाई छिटो र प्रभावकारी रूपमा फैलाउने माध्यम हो । तपाईंलाई थाहा छ, मैले अनलाइन प्लेटफर्ममार्फत सयौँ किसानलाई आधुनिक खेतीको उपाय सिकाइरहेको छु ?”संयम चकित भए । उनले सोचेका थिए, यी युवा केवल डिजिटल संसारमा भुलिरहेका छन् तर उनीहरूको प्रभाव त समाजमा प्रत्यक्ष परिरहेको रहेछ !
आरोहले पनि संयमको कुरा सुन्ने धैर्य राखे । संयमले सम्झाए, “बाबु ! तिमीले अनलाइन सिकाएका कुराहरू यदि गाउँमा गएर आफैँ सिकायौ भने तिनको प्रभाव अझ प्रभावकारी हुने छ । प्रविधि जीवनलाई सहज बनाउने माध्यम हो तर जीवनको वास्तविक अनुभवबिना प्रविधि अपूर्ण छ ।”त्यसपछि आरोहले निश्चय गरे, उनी अब अनलाइन मात्र होइन, गाउँमा गएर प्रत्यक्ष रूपमा आफ्ना विचारहरू बाँड्ने छन् । संयमले पनि सोच्न थाले, आफूले सिकाएका मूल्यहरू डिजिटल दुनियाँसँग समायोजन गरेर अझ व्यापक बनाउन सकिन्छ ।
संयमको जिज्ञासा मरेको थिएन । उनले आरोहलाई एकपल्ट फेरि भेट्ने महसुस गरे, यो बुझ्नका लागि कि साँच्चै नै प्रविधिको प्रभाव समाजमा कत्तिको उपयोगी थियो । एकदिन आरोहले संयमलाई एउटा गाउँको भ्रमणमा निम्त्याए । गाउँ पुग्दा संयमले देखे, किसानहरू मोबाइलमार्फत मौसम पूर्वानुमान बुझ्दै थिए, डिजिटल भुक्तानी प्रणालीमार्फत व्यापार गर्दै थिए र आरोहको प्लेटफर्ममा आधुनिक खेतीका नयाँ तरिकाहरू सिक्दै थिए । एक किसान रमेशले मुस्कुराउँदै संयमलाई भने, “हजुर ! पहिले भए हामीले धेरै समस्या झेल्नु पथ्र्यो तर अहिले आरोह बाबुको डिजिटल तालिमले खेती गर्ने तरिका नै बदलिएको छ ।”
संयम आश्चर्यचकित भए । उनी सोच्न बाध्य भए, उनले आरोहलाई केवल मोबाइलमा झुन्डिएको युवाका रूपमा हेरेका थिए तर वास्तविकतामा उनले समाजको उन्नतिमा ठुलो योगदान गरिरहेका थिए । त्यहाँबाट फर्केपछि संयमले आरोहलाई धन्यवाद दिए । उनले भने, “बाबु ! मैले तिमीलाई गलत बुझेको रहेछु । प्रविधिको सही प्रयोगले समाजलाई कति फाइदा पुग्छ भन्ने आज मात्र मैले बुझेँ ।” आरोह मुस्कुराए र भने, “सर ! प्रविधि साधन मात्रै हो । यसको प्रयोग कसरी गर्ने भन्ने कुरा महìवपूर्ण हो । हामीले सही तरिकाले प्रयोग गर्न सक्यौँ भने यसले विश्व परिवर्तन गर्न सक्छ ।”
सहर फर्केपछि पनि संयमको मनमा एउटा कुरा खेलिरह्यो, आरोहले प्रविधिको माध्यमबाट समाजलाई परिवर्तन गरिरहेको थियो तर ऊ वास्तविक समाजमा घुलमिल हुन भने अलिक हिचकिचाइरहेको थियो ।
एक साँझ, संयमले आरोहलाई फोन गरे, “बाबु ! यसपालि मलाई तिमीले सिकाउने होइन, म तिमीलाई केही देखाउन चाहन्छु ।” आरोहले सोध्यो, “के देखाउनुहुन्छ, सर ?”
“बस्, भोलि बिहान मसँग हिँड,” संयमले भने ।
अर्को दिन, संयम आरोहलाई लिएर पुरानो बस्तीमा गए । त्यहाँका गल्लीहरू साँघुरा थिए, घरहरू पुराना थिए तर मानिसहरूको आत्मीयता, सौहार्दता अद्भूत थियो । एक वृद्ध आमाघरको आँगनमा गुन्द्री ओछ्याएर बसिरहेकी थिइन् । संयमले उनलाई अभिवादन गरे, “आमा, कस्तो छ स्वास्थ्य ?” “बाबु ! ठिकै छ तर जाडोमा अलि गाह्रो हुन्छ । ढाड दुख्ने समस्या छ बाबु ?” आमाले भनिन् ।
आरोहले तुरुन्तै ती वृद्धालाई युट्युबमा सर्च गर्न सरल तरिकाले सिकाउन सुरु गर्न थाल्यो र केही दिनमा नै आफूले बुझ्ने भाषामा इन्टरनेटबाट स्वास्थ्य समस्या समाधानका भिडियो हेर्न सक्ने बनायो ।
संयमले आरोहतर्फ फर्केर भने, “यी आमा जस्तै धेरै वृद्धहरू छन्, जो प्रविधिबारे केही सिकाउँदा पनि जान्दैनन् तर समाजलाई उहाँहरूको अनुभवको खाँचो छ ।” आरोह एक छेउमा उभिएको थियो, ऊ यस्तो वृद्धवृद्धाका अवस्थाबारे परिचित थिएन । त्यसपछि संयमले आरोहलाई स्थानीय विद्यालयमा लगे, जहाँ विद्यार्थी पुराना तरिकाले अध्ययन गरिरहेका थिए । संयमले भने, “तिमी जस्ता युवाहरूले यी विद्यार्थीलाई डिजिटल शिक्षाको ज्ञान दिन सक्छौँ तर त्यसका लागि तिमी उनीहरूसँग प्रत्यक्ष घुलमिल हुनु पर्छ ।”
आरोह गम्भीर बन्यो । ऊ प्रविधिमा त निपुण थियो तर वास्तविक समाजसँगको सम्बन्धमा चाहिँ टाढिएको महसुस ग¥यो । त्यही साँझ, आरोहले एउटा निर्णय ग¥यो । उसले आफ्नो स्टार्टअपलाई केवल डिजिटल सीमामा मात्र राख्ने होइन, समाजका प्रत्येक स्तरसम्म पु¥याउने योजना बनायो । ऊ वृद्धहरूलाई डिजिटल बैङ्किङ सिकाउने, साना व्यवसायीलाई अनलाइन व्यापार गर्न मद्दत गर्ने र विद्यार्थीलाई डिजिटल प्रविधिबाट लाभ उठाउने उपाय सिकाउने अभियानमा लाग्यो ।
जब अर्जुनको सहारामा सरलताका साथ सिकाउने अभियानमा लागे त्यसपछि आरोहले सफलता प्राप्त गर्न थाल्यो । केही महिनापछि, परिवर्तन देखिन थाल्यो । वृद्धहरू मोबाइल बैङ्किङ गर्न थाले, स्थानीय व्यापारीले आफ्नो सामान अनलाइन बेच्न थाले र विद्यार्थी अनलाइन शिक्षाको सही उपयोग गर्न थाले ।
वृद्धहरूलाई मोबाइल बैङ्किङ सिकाउन आरोहले संयमको सहयोगमा गाउँको सामुदायिक भवनमा नियमित तालिम सञ्चालन ग¥यो । संयमले वृद्धलाई सरल भाषामा डिजिटल बैङ्किङका फाइदाहरू व्याख्या गरे अनि आरोहले उनीहरूलाई चरणबद्ध रूपमा मोबाइल एपहरू प्रयोग गर्ने तरिका सिकायो । सुरुमा उनीहरू हिचकिचाए तर आरोहको दृढ लगनशीलता अनि धैर्यपूर्ण प्रयासले उनीहरू ढुक्क हुन थाले । केही महिनाभित्रै उनीहरू आफ्नै खल्तीबाट पैसा पठाउन र प्राप्त गर्न सक्ने भए ।
स्थानीय व्यापारीको हकमा पनि उस्तै परिश्रम गरियो । आरोहले उनीहरूलाई अनलाइन प्लेटफर्महरू जस्तै ई कमर्स वेबसाइटमा दर्ता गराउने प्रव्रिmया सिकायो । संयमले तिनलाई व्यवसायको मूल तìवहरू सम्झाउँदै गए, ग्राहक सेवा, इमानदारी र निरन्तर सुधार । अब ती व्यापारीहरू आफ्ना उत्पादनहरू अनलाइन बेच्न थाले, जसले बजार फराकिलो बनायो । आरोह पहिले विद्यार्थी थियो तर अहिले संयम विद्यार्थी भइरहेका थिए । उनलाई प्रविधितिर डो¥यायो । उनले कुनै पनि हिचकिचाहटबिना आरोहसँग जिज्ञासा राखे, “बाबु ! यो वेबिनार भनेको के हो ?”
आरोहले पनि सहजतासँग भन्दै गयो, “वेबिनार भनेको वेब र सेमिनारको मिश्रण हो जसले अनलाइनमार्फत हुने सेमिनार वा कार्यशाला जनाउँछ । यसमा प्रशिक्षक वा वक्ताले इन्टरनेटको माध्यमबाट प्रत्यक्ष रूपमा जानकारी, प्रस्तुति वा तालिम दिन्छन् र सहभागीहरूले च्याट, अडियो वा भिडियोका माध्यमबाट प्रश्न–जवाफ गर्न सक्छन् ।”
आरोहले वेबिनारमार्फत ग्रामीण क्षेत्रका विद्यार्थीलाई विश्वव्यापी विशेषज्ञसँग जोडेर नयाँ ज्ञान प्राप्त गर्ने अवसर प्रदान गरिसकेको थियो । यो विधिले विद्यार्थीलाई कुनै निश्चित स्थानमा नआईकनै गुणस्तरीय शिक्षा लिन सजिलो बनायो । विद्यार्थीका लागि आरोहले डिजिटल शिक्षाका नयाँ तरिका उपलब्ध गरायो । उसले अनलाइन कोर्सहरू र वेबिनारमार्फत ग्रामीण क्षेत्रका विद्यार्थीलाई विश्वव्यापी ज्ञानसँग जोड्न मद्दत ग¥यो । संयमले तिनलाई पढ्ने बानी बसाल्न प्रेरित गर्दै डिजिटल अध्ययनलाई परम्परागत विधिसँग कसरी समायोजन गर्न सकिन्छ भन्ने सिकाए । एकदिन संयमले आरोहलाई चिया अड्डामा बोलाए । आरोह खुसी देखिन्थ्यो । संयमले सोधे, “कस्तो अनुभूति भइरहेको छ ?” आरोहले मुस्कुराउँदै भन्यो, “पहिला प्रविधिको शक्ति बुझ्न सिकाएँ, अहिले समाजसँग जोडिनु यसको सही उपयोग रहेछ भन्ने सिक्दै छु ।”
संयम र आरोहको सम्बन्ध दिनप्रतिदिन थप घनिष्ठ बन्दै गयो । प्रविधिको दुनियाँमा आरोह माहिर थियो । संयमसँग जीवनका अनुभव थिए । यसबिच संयमले महसुस ग¥यो कि प्रविधिले केवल सामाजिक जीवनलाई सहज बनाउने मात्र होइन, यसले सही प्रयोग भएमा नयाँ अवसर सिर्जना गर्न पनि सक्छ ।
एक दिन, संयमले आरोहलाई भन्यो, “बाबु, डिजिटल मार्केटिङबारे मलाई अलि बुझाइदेऊ न । व्यवसायमा कसरी प्रविधि लागु गर्न सकिन्छ, म पनि जान्न चाहन्छु ।” आरोह हाँस्दै बोल्योे, “सर ! अब तपाईं पनि प्रविधिमा रुचि लिन थाल्नु भो ?”
संयमले गम्भीर हुँदै भने, “हिजोआज व्यापार, शिक्षा, स्वास्थ्य सबै प्रविधिसँग जोडिएका छन् । मैले बुझ्न जरुरी छ ।” त्यसपछि आरोहले संयमलाई डिजिटल मार्केटिङका आधारभूत पक्षहरू सिकायो–सोसल मिडिया मार्केटिङ, अनलाइन विज्ञापन, ग्राहक व्यवहारको विश्लेषण जस्ता विषयमा उसले संयमलाई जानकारी दियो । संयम प्रविधिको गहिराइ बुझ्दै थियो । त्यस व्रmममा, संयमले आरोहलाई अर्को चुनौती दियो, “तिमीलाई म एउटा नयाँ कुरा सिकाउने छु, कसरी व्यावसायिक सञ्जाल बनाउने । प्रविधि महìवपूर्ण छ तर व्यक्तिगत सम्बन्ध अझै महìवपूर्ण हुन्छन् ।”
आरोहले यसमा चासो देखायो । त्यसपछि संयमले विभिन्न व्यवसायी, सामाजिक अभियन्ता, सरकारी कर्मचारीलाई भेट गराउने व्रmम सुरु ग¥यो । प्रारम्भमा, आरोह अनौठो महसुस ग¥यो किनभने ऊ प्रविधिको माध्यमबाट नै सबै कुरा समाधान गर्ने सोचमा थियो तर जब उसले अनुभव ग¥यो कि प्रत्यक्ष भेटघाटले अझ प्रभावकारी सम्बन्ध बनाउँछ, ऊ नयाँ सोचको पक्षपाती हुन थाल्यो ।
एक पटक संयमले आरोहलाई पुरानो व्यापारिक मेलामा लिएर गयो । त्यहाँका व्यवसायीहरू परम्परागत विधिले व्यापार गरिरहेका थिए । संयमले भने, “तिम्रो ज्ञानले यी व्यवसायीलाई ठुलो फाइदा पु¥याउन सक्छ ।”
त्यसपछि आरोहले व्यापार मेलाका सहभागीलाई डिजिटल प्लेटफर्ममार्फत आफ्नो उत्पादनलाई कसरी विस्तारित गर्ने भन्नेबारे सन्देश दियो । छोटो समयमै, ती व्यवसायीहरू अनलाइन बिव्रmी गर्न इच्छुक भए । कतिपयले अनलाइन विज्ञापनमार्फत ग्राहक आकर्षित गर्न थाले ।
यस्तै प्रव्रिmयामा आरोहले स्वास्थ्य क्षेत्रमा पनि प्रविधिको महìव देखायो । उसले स्थानीय स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा प्रवर्धन ग¥यो, जसले गर्दा टाढाका बिरामीलाई सहरका डाक्टरसँग सिधा परामर्श लिन सजिलो बन्यो । वृद्धहरूलाई डिजिटल हेल्थ एपहरू प्रयोग गर्ने तरिका पनि सिकायो ।
संयमले प्रविधिको सकारात्मक प्रभाव देखेर दङ्ग प¥यो । ऊ सोच्न बाध्य भयो, यदि प्रविधि सही हातमा प¥यो भने समाजको भलाइमा कति ठुलो योगदान दिन सकिन्छ ! अब संयमले आफूलाई डिजिटल दुनियाँबाट अलग राख्न आवश्यक देखेन ।
एक साँझ, संयमले आरोहलाई धन्यवाद दिँदै भन्यो, “बाबु ! तिमीबाट मैले धेरै सिकेँ । प्रविधिले समाजमा सुधार ल्याउन सक्छ भन्ने कुरा मैले पहिले यसरी बुझेको थिइनँ ।”
आरोहले उत्तर दियो, “तर, सर ! मैले पनि तपाईंबाट सिकेँ नि । प्रविधि मात्रै पर्याप्त हुँदैन, समाजमा प्रत्यक्ष घुलमिल हुनु अझै महìवपूर्ण रहेछ ।”
संयमले गम्भीर हुँदै भन्यो, “हो, पुस्ताहरूबिच सिकाइको सेतु बनेपछि मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ । तिमीले प्रविधि दिएर पुराना पुस्तालाई सशक्त बनायौ ।” आरोहले तत्कालै आभार जनाउँदै भन्यो, “मैले पनि त सरका जीवनका अनुभव पाएर समाजसँग जोडिन सिकेँ नि ।”