बन्ने भयो एकीकृत अटोभिलेज
हेटौँडा उपमहानगरपालिका क्षेत्रका अटोभिलेज निर्माण गर्न चर्चा सुरु भएको अढाई दशकभन्दा लामो समयपछि एकीकृत अटोभिलेज निर्माण हुने भएको छ। हेटौँडा बजार क्षेत्रभित्र छरिएर रहेको सवारी मर्मत केन्द्र (ग्यारेज)हरूका कारण प्रदूषण बढेको र नगरको सौन्दर्य बिग्रँदै गएको भन्दै हेटौँडा उपमहानगरपालिका र अटो मेकानिक्स एन्ड इन्जिनियरिङ एसोसिएसन मकवानपुरले २०५३ सालदेखि एकीकृत सवारी मर्मत स्थापनाका लागि पहल गर्दै आएको थियो।
विद्यालय भवन बने, विद्यार्थी छैनन्
भूकम्पपछि दुर्गम गाउँठाउँमा ठूला, राम्रा सुविधासम्पन्न विद्यालय भवन बने पनि विद्यार्थीको सङ्ख्या भने घट्दै गएको छ। विद्यार्थी घट्दै गएपछि सुविधासम्पन्न भवन प्रयोगविहीन बन्न थालेका छन्। दोलखाको तामाकोसी गाउँपालिकामा रहेका अधिकांश विद्यालयका तल्ला कक्षामा विद्यार्थी कम हुँदै गएका छन्। विदेश पलायन र सहर केन्द्रित भई गाउँ युवाविहीन हुन थालेपछि अधिकांश विद्यालयका तल्ला कक्षामा विद्यार्थी कम हुँदै गएको बताइएको छ।
चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन
निर्वाचन अयोगले प्रतिनिधि सभाअन्तर्गत चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय गरेको छ ।
अनेरास्ववियुको २३ औं महाधिवेशनमा १५ सय ७३ प्रतिनिधि सहभागी हुने
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औं महाधिवेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी हुने भएका छन्।
सहकारीको प्रभाव मूल्याङ्कन आवश्यक
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी अभियानले गरिबी निवारण र आयआर्जनमा सहयोग पु-याउनुपर्ने बताउनुभएको छ । पछिल्लो समय सहकारीबारे राम्रा–नराम्रा चर्चा भइरहेको औँल्याउँदै मन्त्री राईले भन्नुभयो, “हामीले सहकारी राम्रो छ भनिरहँदा गाउँगाउँमा सहकारीले नागरिकको जीवनस्तर परिवर्तन आयो कि आएन भनेर मूल्याङ्कन गर्नु जरुरी छ ।”
‘निर्माण व्यवसायीको लापरबाहीले विकास सुस्त’
बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले निर्माण व्यवसायीले ठेक्काको काम लिएर समयमा सम्पन्न नगर्ने र दायित्वबाट पन्छिन खोज्दा विकास निर्माणको काम सुस्त भइरहेको बताउनुभयो । तीनै तहको सरकारको ठूलो हिस्सा पूर्वाधार निर्माणलगायतका क्षेत्रमा खर्च हुने गरेको बताउँदै मन्त्री श्रेष्ठले कतिपय निर्माण व्यवसायीको काममा ढिलासुस्ती, गुणस्तरहीन कामलगायतका कारण ठेकेदारले गरेको कामप्रति सन्तुष्टि लिने ठाउँ नभएको बताउनुभयो ।
सौराहामा नमुना सडक निर्माण सुरु
चितवनको सौराहा क्षेत्रलाई सुन्दर पर्यटकीय नगरी बनाउन नमुना सडक निर्माण अगाडि बढेको छ । सौराहाको सीमित क्षेत्रमा मात्र विकास भएकाले सँगैका अन्य स्थानमा पनि पर्यटकीय गतिविधि वृद्धि गर्न नमुना सडक अवधारणा ल्याइएको हो । सौराहाको मुख्य राप्ती नदीको पूर्वतर्फ साइकल लेनसहितको नमुना सडक निर्माण सुरु भएको रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिनुभयो ।
देशमा भएको बेथितिलाई अन्त्य गरिने
सहरी विकासमन्त्री विक्रम पाण्डेले देशमा भएको बेथितिलाई अन्त्य गर्नका लागि आफूले सहरी विकास मन्त्रालय सम्हालेको बताउनुभएको छ ।
एसइईमा जीपीए ४.० ल्याउनेलाई एक लाख पुरस्कार
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ ले एसईईमा उच्च अङ्क (जीपीए) हासिल गर्ने विद्यार्थीलाई एक लाख रुपियाँको पुरस्कार दिने घोषणा गरेको छ । विद्यार्थीलाई मेहनत गर्न प्रोत्साहित गर्ने उद्देश्यले वडा कार्यालयले ५० हजारदेखि एक लाख रुपियाँको पुरस्कार दिने निर्णय गरेको छ । वडा अध्यक्ष देवराज लामाले विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुगोस् भनेर पनि पुरस्कार प्रदान गर्न लागिएको बताउनुभयो ।
थारु सङ्घ उपत्यका कमिटी अध्यक्षमा सियाराम चौधरी
नेपाल लोकतान्त्रिक थारु सङ्घको उपत्यका कमिटी गठन भएको छ । शनिबार ललितपुरको च्यासलमा भएको दोस्रो उपत्यका सम्मेलनले कमिटीको अध्यक्षमा सियाराम चौधरी (सिराहा) लाई सर्वसम्मत चयन गरेको हो ।
छ महिनादेखि विद्यालयमै थन्कियो स्कुल बस
बागमती प्रदेश सरकारले दोलखाको क्षेत्रवती माध्यमिक विद्यालयलाई प्रदान गरेको स्कुल बस छ महिनादेखि विद्यालयमै थन्किएको छ ।
भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताउनुभएको छ । अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
नौबिसे–नागढुङ्गा सुरुङमार्गको म्याद तेस्रो पटक थप
नौबिसे–नागढुङ्गा सुरुङ्गमार्गको म्याद नौ महिना थप भएको छ । निर्धारित समयमा सुरुङ्गमार्गको काम नसकिने भए पनि पुनः नौ महिना म्याद थप गरिएको आयोजना प्रमुख माधव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
सरस्वती निकेतनको हीरक जयन्ती
सरस्वती निकेतन माध्यमिक विद्यालयले हीरक जयन्ती मनाएको छ । शुक्रबार भएको कार्यक्रममा विभिन्न विधामा विजयी ३१५ विद्यार्थीलाई पदक तथा प्रमाणपत्र प्रदान गरियो । विद्यालयको स्थापना २००४ साल जेठ १० गते भए पनि भौतिक तथा प्राविधिक जटिलताका कारण शुक्रबार हीरक जयन्ती मनाइएको विद्यालयले जनाएको छ ।
स्वस्थ पाँचखाल बनाउन सम्झौता
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकालाई स्वस्थ पाँचखाल बनाउने उद्देश्यले धुलिखेल अस्पतालसँग सम्झौता गरिएको छ । स्वस्थ पाँचखाल अभियान सञ्चालन गर्न पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल र धुलिखेल अस्पतालका मेडिकल डाइरेक्टर प्राडा बलराम मल्लले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । अभियान सञ्चालन गर्न नगरपालिकाले स्वास्थ्य सामग्रीलगायत स्रोतसाधान उपलब्ध गराउनेछ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ । अभियानअन्तर्गत नगरका प्रत्येक नागरिकको उमेरगत परिवार सङ्ख्या, उनीहरूको स्वास्थ्य अवस्था तथा औषधि सेवनसमेतको तथ्याङ्क सङ्कलन गरिने सम्झौतामा उल्लेख छ ।
कोरियाको रोजगारीपछि नेपालमा मेवा खेती
रामेछापको खाँडादेवी गाउँपालिका–८, कालेमानेका जनकलाल तामाङ रोजगारीका लागि सात वर्ष दक्षिण कोरिया बस्नुभयो । कोरियामा रोजगारी गर्दा तामाङले साढे दुई लाख रुपियाँसम्म कमाउनुभयो । सात वर्षको रोजगारीपछि नेपाल फर्कनुभएका तामाङको विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण भिसा नै रद्द भयो । त्यसपछि उहाँ फेरि कोरिया जान सक्नुभएन ।
‘भ्यालेन्टाइन डे’ का लागि झकिझकाउ सौराहा
आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न चितवनको सौराहामा भ्यालेन्टाइन विशेष खाना महोत्सव आयोजना गरिने भएको छ । पर्यटकलाई लक्षित गरी रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाले यही माघ २९ देखि फागुन २ सम्म खाना महोत्सव आयोजना गर्ने भएको छ । भ्यालेन्टाइन डे मनाउन परिवार तथा प्रेमिल जोडीको स्वागतका लागि व्यवसायीहरूले सौराहालाई झकिझाउ पारेर सिँगारेका छन् । चितवनमा घुम्ने, बस्ने र रमाउन सकिने ठाउँ र व्यवस्था छ भन्न कार्यक्रम आयोजना गरिएको महोत्सव संयोजक ध्रुव गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भ्यालेन्टाइन डे मनाउन अन्त जान नपर्ने गरी हामीले तयारी गरेका छौँ ।”
वैज्ञानिक कृषि प्रणाली अबको आवश्यकता
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले वैज्ञानिक कृषि प्रणाली अबको आवश्यकता भएको बताउनुभएको छ । चितवनको भरतपुरमा शुक्रबारदेखि सुरु भएको पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उहाँले नेपालको कृषि क्षेत्रमा वैज्ञानिक कृषि प्रणाली आवश्यक भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, “परम्परागत कृषिबाट हामीले उत्पादन वृद्धि गर्न सक्दैनौँ । त्यसैले आधुनिक प्रविधिको प्रयोग अहिलेको आवश्यकता हो ।”
दुर्घटनामा दुईको मृत्यु
नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल आज चाँगुनारायण नगरपालिका–६ बाख्रीगाउँमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ शङ्खरापुर नगरपालिका–५ पालुवारीका ४० वर्षीय शङ्खर भोलोन तामाङको मृत्यु भएको छ ।
आमाहरुलाई कुखुराको अण्डा वितरण
दोलखाको मेलुङ गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरुलाई पौष्टिक आहारा बृद्धिका लागि कुखुराको अण्डा वितरण गरेको छ । मेलुङ स्वास्थ्य चौकीमा आयोजित विशेष कार्यक्रममा पालिकाको नौ जना सुनौला हजार दिनका आमाहरुलाई प्रतिव्यक्ति दुई क्रेट कुखुराको अण्डा वितरण गरिएको हो ।
त्रिचन्द्र कलेजको भवन प्रबलीकरण कार्य सुरु
वि.सं. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको त्रिचन्द्र कलेजको भवन प्रबलीकरण कार्य सुरु गरिएको छ ।
उपत्यकामा ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने तयारी
सडक विभागले काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी रहेका ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने भएको छ ।
फोहोर व्यवस्थापनबारे काठमाडौँ महानगर र अमेरिकाको फेडरिसबर्ग नगरबीच छलफल
काठमाडौँ महानगरपालिका र संयुक्त राज्य अमेरिकाको फेडरिसवर्ग नगरले फोहोर व्यवस्थापनका लागि आफूले गरेका कामको अनुभव आदान प्रदान भएको छ । भर्चुअल विधिबाट विहीबार आपसी ज्ञान, सीप र अनुभव आदान प्रदान गरिएको हो । त्यस क्रममा काठमाडौँ महानगरका तर्फबाट सरिता राईले र फेडरिसवर्गका तर्फबाट म्याथु केलीको नेतृत्वमा समूहगत प्रस्तुतिकरण गर्नुभएको थियो ।
नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्ने तयारी
नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ । पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ ।