प्रथम यु –१२ राष्ट्रव्यापी थ्रीबाई थ्री बास्केटबल प्रतियोगिताको हुने
आइएसए नेपालको आयोजनामा प्रथम यु –१२ राष्ट्रव्यापी थ्रीबाई थ्री बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।
जग्गा वर्गीकरण गर्न स्थानीय तह अन्यौलमा
दोलखाको स्थानीय तहमा जग्गा वर्गीकरण बारेमा अन्योल देखिएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकाले मात्र भूवर्गीकरण गरेका छन् ।
नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम
पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । वि.सं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति चार वर्षमा २५ प्रतिशत मात्रै सकिएको आयोजनाले जनाएको छ ।
मानव बेचबिखन र ओसारपसार गर्ने पक्राउ
मानव बेचबिखन र ओसारपसार गर्ने जुगल गाउँपालिका–५ की वर्ष २५ की कविता घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
एकहप्ते दोलखा महोत्सव हुने
नेपाल चेम्बर अफ कमर्स दोलखा शाखाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सातदिने दोलखा महोत्सव आयोजना गर्ने भएको छ ।
लागूऔषध दुर्व्यसनीविरुद्ध अभियान
रामेछापको पालिकास्तरमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लागूऔषध दुव्र्यसनीविरुद्ध अभियानको थालनी गरेको छ ।
धार्मिक स्थल जोड्न सोह्र सय सिँढी
पर्यापर्यटनको विकासका साथै चण्डेश्वरी मन्दिर र गोसाइँस्थान दुई ठूला धार्मिक स्थललाई जोड्ने उद्देश्यले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी मन्दिरदेखि गोसाइँस्थानसम्म सोह्र सय सिँढी निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बनेपा नगरपालिकाको संयुक्त लगानीमा आर्थिक वर्ष २०७७÷७८ बाट सिँढी निर्माण सुरु गरिएको हो ।
सुनकोसीका सबै सडक चौडा
सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडा बनाउन थालिएको छ । वडा नम्बर १ देखि ७ सम्मका सबै कच्ची सडकमा १२ महिना नै यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको सो गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
चितवनमा गैँडा मारिएको घटना : टोलीद्वारा स्थलगत अध्ययन
चितवन राष्ट्रिय निकुञ्जको नवलपरासी क्षेत्रमा चोरीसिकारीले करेन्ट लगाएर गैँडा मारेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको छानबिन समितिको टोलीले स्थलगत अध्ययन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको नेतृत्वमा गठन भएको टोलीले सोमबार र मङ्गलबार अध्ययन गरेको छ । छ सदस्यीय टोलीले संरक्षणसँग सम्बन्धित सरोकारवाला, घटनास्थल, स्थानीय बासिन्दासँग पनि छलफल गरेको छ ।
त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी भर्ना बन्द
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ ।
मुग्लिन–नारायणगढ सडकको विकल्प तयार, फागुनदेखि सञ्चालनमा
मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ। उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ। ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिनेछ। २०७५ सालबाट निर्माण थालिएको सडकको काम ९० प्रतिशत सकिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयका व्यवस्थापक सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो।
थारु समुदायलाई आरक्षण दिन सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले थारु समुदायलाई संवैधानिक व्यवस्थाअनुसार सरकारी विज्ञापनमा आरक्षण दिन परमादेश आदेश गरेको छ । आज मंगलबार भएको वहसपछि सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो परमादेश आदेश जारी गरेको हो ।
स्वतन्त्र न्यायालय र स्वतन्त्र सञ्चार नभए लोकतन्त्र फस्टाउँदैन : नेता कोइराला
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्वतन्त्र न्यायालय र स्वतन्त्र सञ्चार नभए लोकतन्त्र फस्टाउन नसक्ने बताउनुभएको छ।
मैतीदेवीस्थित प्रहरी बिटमा महानगर प्रहरीको डोजर
काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ। मङ्गलबार महानगर प्रहरीले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको बिट भत्काएको हो।
प्रगति सन्तोषजनक : समग्र भौतिक प्रगति ८१ प्रतिशत
युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।
मल अभाव हुँदा चिन्तामा किसान
सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् ।
पहिलो पटक राज्य कोषबाट क्षतिपूर्तिबापतको एक लाख प्राप्त
बालबिग्याइँ कर्तव्य ज्यान मुद्दाका जाहेरवाला दोलखाको भीमेश्वर नगरपालिकाका मृतकका बाबु किस्मत तामाङले जिल्लाबाट पहिलो पटक क्षतिपूर्तिबापतको एक लाख रुपियाँ राज्य कोषबाट पाउनु भएको छ ।
इन्टरनेट पहुँचले बाल यौन दुर्व्यवहारका घटना बढ्दो
बालबालिकामा इन्टरनेटको पहुँच बढेसँगै अनलाइनमार्फत हुने यौन दुर्व्यवहार बढेको पाइएको छ । फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब, भाइवर, ह्वाटसअप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल तथा अनलाइन भिडियो गेममार्फत बाल यौन दुर्व्यवहार हुने गरेको विज्ञहरूले दाबी गर्नुभएको छ ।
बरामद सवारीसाधन अस्तव्यस्त
अवैध रक्तचन्दन ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरिएको करिब डेढ दशकसम्म पनि व्यवस्थापन नहुँदा बेवारिसे अवस्थामा पुगेका छन्। अरनिको राजमार्ग हुँदै चीनतर्फ निकासी हुने रक्तचन्दन ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरिएको वर्षौंसम्म व्यवस्थापन नहुँदा कबाडीमा परिणत हुन पुगेका छन्।
गैँडा संरक्षणका लागि अन्तरदेशीय सहयोग
चितवनको पटिहानीमा पाँच देशका गैँडाविज्ञहरूको तीन दिनसम्म चलेको सम्मेलन गैँडाको संरक्षण र सुरक्षाका विभिन्न विषयमा साझा धारणा सार्वजनिक गर्दै सम्पन्न भएको छ। विश्वमै लोपोन्मुख अवस्थामा रहेको एकसिङे गैँडाको संरक्षणमा चुनौती थपिएपछि विज्ञहरूको तेस्रो अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन चितवनको पटिहानीमा भएको थियो। माघ २० देखि २२ गतेसम्म चलेको सम्मेलनले संरक्षण, जनसङ्ख्या व्यवस्थापन, आवास व्यवस्थापन, अनुसन्धान अनुगमन र सूचना आदानप्रदान, समन्वय र सहयोगलगायत शीर्षकमा बुँदागत धारणा सार्वजनिक गरेको छ।
बागमती प्रदेश सभाले पाएन ‘बिजनेस’
बागमती प्रदेशको प्रदेश सभाका सदस्यले नागरिकका समस्याप्रति प्रदेश सरकारलाई उत्तरदायी बन्न आग्रह गर्नुभएको छ। प्रदेश सभाको आइतबार बसेको बैठकमा शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको बैठक समयमा सुरु नभएको र प्रदेश सभा कामविहीन भएकाले बिजनेस दिन माग गर्नुभएको थियो। प्रदेश सभा सदस्य अमनकुमार मास्केले बैठकमा अझै पनि केन्द्रीकृत मानसिकता रहेकाले सङ्घीयताको औचित्य साबित गर्न प्रदेशलाई अझै क्रियाशील बनाउनु आवश्यक भएको बताउनुभयो। प्रदेश सभा सदस्य आशा लामाले हरिया डाँडाकाँडालाई उजाड बनाइएको र युवा पलायन भएको अवस्था रहेको भन्दै सङ्घीयतालाई देशले धान्न नसक्ने भएकाले व्यवस्थित गर्नु आवश्यक भएको औँल्याउनुभयो। यस्तै ईश्वर सापकोटा कृषिप्रधान देशका किसानले सडकमा तरकारी फाल्नुपर्ने अव
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते
दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको बिगु गाउँपालिका–४ लादुकमा आज (सोमबार) दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
चक्रपथ विस्तारमा ग्वंगःबुँ बसपार्कमा ढल व्यवस्थापन हुँदै
चक्रपथ विस्तारको काम अहिले धमाधम चलिरहेको छ । २७.२ किलोमिटर भित्री चक्रपथ आयोजनाको कलङ्की – बसुन्धरा क्षेत्रमा सडक विस्तारको काम धमाधम चलिरहेको छ ।
शाली नदी मेलामा एक करोड सहयोग सङ्कलन
काठमाडौँको शाली नदीमा लागेको माधवनारायण मेलामा रू. एक करोड दुई लाख ४४ हजार सहयोग सङ्कलन भएको छ ।