पत्रकार कोषका लागि प्रदेश सरकार सकारात्मक
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले श्रमजीवी पत्रकारहरूको अधिकार र हितका लागि आवश्यक नीति बनाएर काम गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ। उहाँले आफू विगतमा पनि श्रमजीवी पत्रकारको पक्षमा रहेकाले मुख्यमन्त्री भएपछि पनि सहयोग गर्न तयार रहेको बताउनुभयो। रेडियो मकवानपुरको १३औँ वार्षिकोत्सव तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभाको आइतबार हेटौँडामा उद्घाटन गर्दै उहाँले पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह गर्नुभयो।
‘स्वास्थ्य सेवा सहज बनाइने’
स्वास्थ्यमन्त्री पदम गिरीले गरिब विपन्नले सहज रूपमा स्वास्थ्य सेवा लिन सक्ने गरी व्यवस्था मिलाउन सरकार तयार भएको बताउनुभएको छ।
एमाले केन्द्रीय कमिटी बैठक माघ २९ गते बस्ने
निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको पाँचौ बैठक माघ २९ गते बस्ने भएको छ । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो ।
पत्रकारको निःशुल्क उपचार गर्ने व्यवस्था गर्छु : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आज कार्यक्रममा यहाँले अघिल्लो आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको भए पनि प्रभवाकारी कार्यान्वयन नभएको हुनाले यसको कार्यान्वयनको व्यवस्था मिलाउने बताउनुभयो ।
ललितपुर महानगर प्रमुख महर्जनद्वारा विज्ञ सल्लाहकार मनोनित
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले विभिन्न क्षेत्रका विज्ञलाई आफ्नो सल्लाहकारमा मनोनयन गर्नुभएको छ।
राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी दर्ता
काठमाडौं, माघ २२ गते । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्यालले उम्मेदवारी मनोनयन गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा उहाँले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रस्तावमा उम्मेवदारी दर्ता गर्नुभएको हो ।उहाँको समर्थनमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा हुनुहुन्छ । उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अर्यालले पदको जिम्मेवारी अनुसार तटस्थ हिसाबले आफू अघि बढ्ने बताउनुभयो।“जहिले जुन पदमा बसिन्छ, तटस्थ हिसाबले नै अब हेर्दै जाऊँ । भन्नुभन्दा पनि के कति गर्न सकिन्छ । यताउता सबै विषयमा मिलाउने र संसद गरिमामय बनाउनेमा मेरो भूमिका रहन्छ”, अर्यालले भन्नुभयो ।
हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ ।
बाग्मती प्रदेशसभा बैठक बस्दै
बाग्मती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज बस्ने तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
लोप हुँदै हलो र गोरु
आधुनिक कृषि उपकरण र प्रविधिको प्रयोग बढेसँगै दोलखामा हलो र गोरु लोप हुन थालेका छन् । किसानहरुले खेतबारी जोत्न छिटा छरितोे, सजिलो र भरपर्दो यन्त्र हाते ट्याक्टरको प्रयोग गर्न थालेसँगै हलो र गोरु लोप हुन थालेको हो ।
आरन पेसाबाटै फेरियो जीवन
पछिल्लो समयमा आधुनिकतासँगै भित्रिएको प्रविधिका कारण आरन पेसा सङ्कटमा पर्दै गएको छ । अहिले आरनमा बनाउनुपर्ने सबै भाँडाकुँडा बजारमा सस्तो मूल्यमा पाइने गरेका छन् । जसका कारण रामेछापका धेरैले आरन पेसा नै छाडिसकेका छन् । तर, जिल्लाको मन्थली नगरपालिका–९, पुरानागाउँ बाहुनचुराका ५९ वर्षीय देवबहादुर विकको भने आरन पेसाबाटै जीवन फेरिएको छ । पुख्र्यौली पेसा आरनलाई व्यवस्थित र व्यावसायिक बनाएकै कारण राम्रो आम्दानी हुन थालेपछि उहाँसँगै परिवारको जीवन फेरिएको हो ।
विद्युतीय चुलोसम्बन्धी राष्ट्रिय कार्ययोजना तयार
काठमाडौँ, माघ २२ गते । परम्परागत ऊर्जा र आयातित इन्धनको खपतलाई न्यून गरी मुलुकभर विद्युतीय चुलोको प्रवद्र्धन गर्न आवश्यक मार्गचित्रसहित राष्ट्रिय कार्ययोजना तयार गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र क्लिन कुकिङ एलायन्स (सीसीए)को संयुक्त प्रयासमा तयार गरिएको सो कार्ययोजनामा सरकारले लिएका लक्ष्य पूरा गर्न सरोकारवाला निकायले गर्नुपर्ने कामका बारेमा स्पष्ट रूपमा उल्लेख गरिएको छ । शनिबार यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय कार्ययोजनाको विमोचन गर्दै विद्युतीय चुलोको विकास र विस्तारमा क्रियाशील विभिन्न निकायका प्रमुखले विद्युतीय चुलोको माग, आपूर्ति, उपयुक्त वातावरण र वित्तीय क्षेत्रका प्राथमिकताका बारेमा प्रकाश पार्नुभएको थियो ।उहाँहरूले नेपालमा विद्युतीय ऊर्जाको उत्पादन बढ्दै गएको सन्दर्भमा विद्युत् खपत बढाउन र आयातित इन्धनको निर्भरतालाई कम गर्न विद्युती चुलो एक महìवपूर्ण विकल्प रहेकामा जोड दिनुभएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीले नेपालले सन् २०३० सम्म सम्पूर्ण परम्परागत ऊर्जा र आयातित इन्धनको खपतलाई न्यून गरी स्वच्छ भान्छाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको सन्दर्भमा विद्युतीय चुलो प्रविधिलाई विस्तार गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो । सीसीएका राष्ट्रिय प्रतिनिधि करुणा वज्राचार्यले वातावरण संरक्षण, स्वास्थ्य र महिला सशक्तीकरणमा विद्युतीय चुलोको प्रयोग निकै उपयोगी हुने भएकाले यसको प्रवद्र्धनका लागि सरोकारवाला निकायलाई नीति योजना र कार्यक्रम तर्जुमा गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कार्ययोजना तयार गरिएको बताउनुभयो । विनरक इन्टरनेसनलका राष्ट्रिय प्रतिनिधि बद्री बरालले नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धता र राष्ट्रियस्तरमा गरिएका नीतिगत व्यवस्थाअनुसार वातावरण संरक्षण र आयातित इन्धनको खपतको न्यूनीकरणका लागि विद्युतीय चुलोको प्रयोगलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । अजम्बरी विकास फाउन्डेशनका कार्यकारी निर्देशक सुवर्ण कपालीले विद्युतीय चुलोको निर्माण र बजारीकरणमा निजी क्षेत्रको भूमिकालाई पनि आत्मसात् गरी नीति निर्माण र कार्यक्रम तर्जुमा गर्नुपर्ने बताउनुभयो । सामुदायिक विद्युत् उत्पादक राष्ट्रिय महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले भरपर्दो, गुणस्तरीय र विपन्न जनताले पनि खपत गर्नसक्ने विद्युत् आपूर्तिको सुनिश्चित हुनसकेमा प्रत्येक घरधुरीमा विद्युतीय चुलो पु¥याउन सकिने सम्भावना रहेको बताउनुभयो । नेपालका लागि नर्वेको राजदूतावासका काउन्सिलर जान इरिक स्टुडस्र्डले नेपालको आर्थिक समृद्धिका लागि स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिन आवश्यक रहेको धारणा राख्नुभयो । विद्युतीय चुलोको प्रवद्र्धन गरी यसलाई कार्बन व्यापारमा लैजान सकिने भएकाले यसमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्नेमा पनि सो अवसरमा जोड दिइएको थियो । नेपालमा अहिले पनि ६८ प्रतिशतभन्दा बढी घरधुरीका बासिन्दाले वायोमासको प्रयोगले वातावरण प्रदूषण र जनस्वास्थ्यमा असर पर्नुका साथै एलपी ग्यासको खपत तीव्र रूपमा बढिरहँदा देशको व्यापार घाटामा असन्तुलन आएकाले विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्ने सहभागीहरूको भनाइ थियो ।
किसानलाई राहत दिने कार्यक्रम ल्याइनेछ : कृषिमन्त्री
चितवनका किसानका मागका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो राख्नुभएको छ । शनिबार दिनभरि विभिन्न कार्यक्रममा चितवन रहनुभएकी कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहलाई प्रधानमन्त्री प्रचण्डले फोन गरेर किसानको समस्या समाधानमा पहल गर्न निर्देशन दिनुभएको हो ।
रास्वपाको बैठक सकियो : आइतबार बिहान अर्को बैठक बस्ने
सुन्धरास्थित पार्टी मुख्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठकमा गठबन्धनसँगको सहकार्य, सत्ता साझेदारी दलभित्र गृहमन्त्रालय र रास्वपाको विषयमा छलफल
गोरखापत्रकर्मी दाहालसहित १० जना स्रष्टा सम्मानित
मकवानपुरमा रहेर क्रियाशील महिला साहित्यकार र साहित्यसेवीहरुको संस्था आँचल साहित्य कला पुञ्ज, मकवानपुरले गोरखापत्रकर्मी राममणि दाहाललाई सम्मान गरेको छ।
समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी छ : उद्योगमन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउन जरुरी रहेको बताउनुभएको छ।
द्रुतमार्ग : ‘खोकनामा प्रभावकारी राजनीतिक पहल आवश्यक छ’
रक्षा मन्त्रालयले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) अघि बढाउने सन्दर्भमा मुख्य समस्याका रूपमा रहेको खोकना जग्गा विवाद सुल्झाउन प्रभावकारी राजनीतिक पहलको आवश्यकता औँल्याएको छ ।
राप्ती नदी सरसफाइ प्रभावकारी बन्दै
चितवन राष्ट्रिय निकुञ्जभित्रका तालतलैया तथा सिमसार क्षेत्रहरूको पानीको मुख्य स्रोत राप्ती नदीको तटीय क्षेत्र सरसफाइ अभियान चार सय हप्तामा पुगेको छ। चुरे पहाडको फेदीबाट बगेर आउने राप्ती नदीको तटीय क्षेत्रमा हुने फोहोरको सरसफाइ गर्दै नदीलाई स्वच्छ राख्नु अभियानको मुख्य उद्देश्य हो। अभियानबाट नदी स्वच्छ हुँदै जलचरको बासस्थानमा सुधार आएको अभियानका अध्यक्ष अपिल घिमिरेले बताउनुभयो। अध्यक्ष घिमिरेले भन्नुभयो, “घडियाल गोही, कछुवा, माछाजस्ता जलचरलाई मात्रै होइन, निकुञ्जमा रहेका बाघ, गैँडाजस्ता जनावरलाई पनि स्वच्छ पानी खुवाउने दायित्व हाम्रै हो भन्ने सम्झेर नै यो अभियान थालेका हौँ।”
गैँडासम्बन्धी विज्ञ सम्मेलन चितवनमा
एकसिङे गैँडासहित संरक्षित जनावरको सुरक्षाका लागि अपनाइने रणनीति तयार पार्न पाँच देशका विज्ञको तीनदिने सम्मेलन चितवनको पटिहानीमा शुक्रबारबाट सुरु भएको छ।
सुरुङ मार्ग निर्माण गर्दै केयू
काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा सुरुङ मार्ग निर्माणको काम सुरु भएको छ। विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि अध्ययन, अनुसन्धान प्रयोजन तथा सङ्ग्रहालयका रूपमा विकसित गर्ने उद्देश्यले २४० मिटर लामो सुरुङ मार्ग निर्माण सुरु गरिएको हो।
निकुञ्जमा घाँसेमैदान व्यवस्थित हुँदै
वन्यजन्तुको विचरणका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। निकुञ्जले यस वर्ष घाँसेमैदान निर्माण आयोजनाअन्तर्गत ३०८ हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन र ५० हेक्टरमा नयाँ निर्माणको काम सुरु गरेको हो। अहिले निकुञ्जको तमोर ताल क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्षण आयोजनाअन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।
चालक अनुमतिपत्रमा अङ्क प्रणाली लागू हुने
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सुरु गर्न लागेको सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ अङ्क भार प्रणाली अब कार्यान्वयनमा आउने भएको छ। मन्त्रालय र मुख्यमन्त्री कार्यालयबीच विवादका कारण यसअघि तीन पटक कार्यान्वयनमा ल्याउन मन्त्रालयले निर्णय गरे पनि मुख्यमन्त्री कार्यालयको निर्देशनमा रोकिँदै आएको थियो।
थला पर्यो जेठो भीम पुस्तकालय
विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रसिद्धि कमाएको जिल्लाकै जेठो दोलखाको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा रहेको भीम पुस्तकालय अहिले थला परेको छ ।
बैंक एकाउण्ट ह्याक गरी चार लाख चोरी, आठ जना पक्राउ
ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशीया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए ।
बलि दिन भारत पुर्याइएकी बालिकाको उद्धार
बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ ।