भूकम्पले क्षति भएका विद्यालय पुनर्निर्माण
रामेछापको सुनापति गाउँपालिका–१, गुन्सीमा रहेको शतलिङ्गेश्वर माध्यमिक विद्यालयको भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । २०७२ सालको महाभूकम्पले क्षति भएको विद्यालयको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)मार्फत पुनर्निर्माण भएको हो ।
राजधानीमै नक्कली मदिरा उत्पादन र कालोबजारी
काठमाडौं उपत्यका भित्र स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन र कालोबजारी भइरहेको खुलेको छ।
२०८० सालको विद्यालय तहको शैक्षिक सत्र वैशाख १ देखि
आगामी २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कोरोना महामारीले बिथोलेको शैक्षिक सत्र आगामी वर्षदेखि वैशाख १ गतेदेखि नै हुने जानकारी दिनुभयो ।
स्थापना दिवसका अवसरमा प्रेस सेन्टरको प्रभातफेरी
प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ । देश तथा विदेशमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको सङ्गठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिनुभयो ।
फापर खेतीले रङ्गिन बनेको चितवन
फापर प्रमुख खाद्यान्न बाली मध्ये एक हो । फापरका २ प्रजाति रहेका छन् तिते र मिठे फापर । जङ्गली अवस्थामा फल्ने एउटा प्रजाति छ जसलाई वन फापर पनि भनिन्छ ।
१२ कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी÷आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ ।
ओझेलमा शैलुङ क्षेत्र
दोलखाको शैलुङ गाउँपालिकास्थित धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा पर्यटकीय महत्त्व बोकेको सुन्दर शैलुङ क्षेत्र जनचासो कम हुँदा तथा सम्बन्धित निकायको उपेक्षाका कारण ओझेलमा परेको छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइमा रहेको यो स्थानको महत्त्व र प्रसिद्धि हुँदाहुँदै पनि यसतर्फ कसैको खासै ध्यान नपुग्दा ओझेलमा परेको हो ।
पिङ बन्यो आकर्षणको केन्द्र
मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित वैकुण्ठमा निर्माण भएको पिङ यहाँको थप आकर्षणको केन्द्र बन्न पुगेको छ । साबिकको डाँडाखर्क गाउँ विकास समितिको वडा नं. ५, ७, ८ र ९ गाभेर बनेको कैलाश गाउँपालिका वडा नं. २ को वैकुण्ठ आफैँमा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वको स्थल हो । पालिकाको १५ लाख रुपियाँको लागतमा वैकुण्ठको डाँफे मुनाल पार्क नजिकै २० र ३० फिटको दुईवटा आकर्षक पिङ निर्माण गरिएका छन् ।
काठको पुलबाट आवतजावत
दोलखाको बिगु गाउँपालिका र गौरीशङ्कर गाउँपालिका जोड्न तामाकोसी नदीमा काठको अस्थायी पुल हालेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । स्थायी पुल नहुँदा बिगु गाउँपालिकाको गोँगर र गौरीशङ्कर गाउँपालिकाको टासीनाम आवतजावत गर्न यो काठको अस्थायी पुल हाल्नु परेको बिगु गाउँपालिका–१ का वडाध्यक्ष मेमबहादुर तामाङले जानकारी दिनुभयो ।
सूर्यविनायक–धुलिखेल सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ ।
सरकारको स्मार्टसिटी बनाउने योजना : बजेटविना अलपत्र
आधुनिक र व्यवस्थित सहर निर्माण गर्ने भन्दै सरकारले घोषणा गरेको १७ वटा स्मार्ट सिटीको योजनाले गति लिन सकेको छैन । सरकारले २०६७–६८ सालमा मध्यपहाडी लोकमार्गमा अवस्थित १० वटा सहरको छनौट गरी नयाँ सहर विस्तारको काम सुरु गरिएको थियो ।
बल्न सुरु भए चितवनमा स्मार्ट लाइट
भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा स्मार्ट लाइट बल्न सुरु भएका छन् । जडान भइसकेका ठाउँमा बत्ती बल्न सुरु भए पनि केही स्थानमा जडान कार्य अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाको ७८ किलोमिटरमा जडान गरिने यो लाइट अहिले ६३ किलोमिटरमा जडान गरिसकिएको छ । जडान सम्पन्न भएका स्थानमा बत्ती बाल्न थालिएको छ ।
लहरेआँपको जुस बनाउन प्रशोधन केन्द्र
रामेछापको खाँडादेवी गाउँपालिका–३, भीरपानीस्थित सित्खामा लहरेआँप प्रशोधन केन्द्र निर्माण गरिएको छ । लहरेआँप उत्पादन राम्रो हुन थालेपछि कृषि ज्ञान केन्द्र रामेछाप र खाँडादेवी गाउँपालिकाले ३० लाख रुपियाँको लगानीमा प्रशोधन केन्द्र निर्माण गरेको हो ।
वडावासीले नै वडा कार्यालयको जग पुरे
वडावासीका लागि असहज र अपायक पर्ने भोर्लेडाँडामा वडा कार्यालय निर्माण गर्न लागेको भन्दै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ का बासिन्दाले प्रस्तावित वडा कार्यालय भवन निर्माणस्थलमा खनेको जग पुरेका छन् । वडावासीलाई पायक पुग्ने र केन्द्रबिन्दु पर्ने संसारीडाँडामा वडा कार्यालय निर्माण गर्न पटक–पटक गरिएको वडावासीको लिखित र मौखिक आग्रहलाई अटेर गरेर अपायक पर्ने स्थानमा वडा कार्यालय निर्माण गर्न लागेपछि बाध्य भएर जग पुर्नु परेको स्थानीय अगुवा कृष्णबहादुर थापाले बताउनुभयो ।
टाँसी–लाप्चापास पद मार्ग खुलेपछि सगरमाथा पुग्न सहज
टाँसी–लाप्चापास पद मार्ग खुलेपछि रोल्वालिङ हिमशृङ्खलाका हिमाल पार गरेर सगरमाथासम्म जान सजिलो भएको छ । रोल्वालिङ उपत्यका हुँदै सगरमाथासम्म पदयात्रा गर्न चाहनेका लागि विकल्पका रूपमा यो पद मार्ग बनेको छ। यो पद मार्ग निमार्णसँगै खुम्बु हुँदै सगरमाथा बेसक्याम्प जाने विदेशी पदयात्री बढेका छन् । यो पद मार्ग निकै अघि खुले पनि व्यवस्थापन नहुँदा विदेशी पर्यटकलाई आवतजावत कठिन थियो।
बोटमै रहे जुनार र सुन्तला
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित माझकुभिण्डेका किसानका बगैँचामा बोटले थेग्नै नसक्ने गरी फलेको पहेंलपुर जुनार र सुन्तला ।
हिमालय क्षेत्रमा मानव उद्धारका लागि तालिम
पदयात्रा तथा पर्वतारोहणमा जाँदा विपत्ति पर्ने र बेपत्ता हुनेहरूको उद्धारका लागि माउन्टेन गाइडलाई रिक्को प्रविधिको तालिम प्रदान गरिएको छ । मनासलु हिमाल आसपास, काठमाडौँ र नुवाकोटको ककनी क्षेत्रमा २५ जना नेपाल राष्ट्रिय पर्वतारोही पथ प्रदर्शक (माउन्टेन गाइड)हरूलाई पाँच दिने सर्च एन्ड रेस्क्यू तालिम दिइएको छ ।
सीएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालन
चितवन मेडिकल कलेजले सरकारी अस्पतालले लिने शुल्कमा उपचार गर्नेगरी सीएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको छ। मेडिकल कलेजले आफ्नो भगिनी संस्थाका रूपमा क्यान्सर अस्पताल सुरु गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो।
यमुना–कालिका जोड्ने झोलुङ्गे पुल बन्दै
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–३ यमुनाडाँडा र वडा नम्बर ४ कालिका जोड्ने गरी स्थानीय सियाँलेखोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ। ५६ लाख ७८ हजार १३७ रुपियाँ लागतमा निर्माण हुने पुलको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले शिलान्यास गर्नुभएको हो। स्टिल ब्रिज पार्टस्का लागि १५ लाख ४७ हजार ४८५ रुपियाँ ठेक्का सम्झौता भइसकेको र अन्य निर्माण उपभोक्ता समितिमार्फत हुने अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो। सुनकोसी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रममार्फत स्टिल ब्रिज निर्माण हुन लागेको हो।
बनेन भू–उपयोग नीति, भएन जग्गाको किनबेच
भरतपुर महानगरपालिका वडा नम्बर १९ शारदानगर टाउनकी इन्दिरा खनाल घिमिरे पैतृक सम्पत्ति भएर पनि उपभोग गर्न नपाउँदा आफू समस्यामा परेको बताउनुहुन्छ। कुखुरापालन व्यवसाय गर्दै आउनुभएकी उहाँ जमिन भएर पनि नगद नभएका कारण समस्या भोग्नुपरेको बताउनुहुन्छ।
खड्गी गुठीलाई ४७ लाख
काठमाडौँ महानगरपालिकाले नेपाल खड्गी सेवा समितिअन्तर्गतका ४७ बाजाखल तथा गुठीलाई रु ४७ लाख अनुदान रकम उपलब्ध गराएको छ ।
सिमभन्ज्याङमा बन्दै छन् सात ताल
बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुरमार्फत मकवानपुरको सिमभन्ज्याङमा सातवटा ताल निर्माणाधीन रहेका छन्। मकवानपुर जिल्लाको सबैभन्दा उचाइमा रहेको सिमभन्ज्याङ बजारनजिकै प्रदेश सरकारको ७२ लाख ६९ हजार रुपियाँ लागतमा पहिलो चरणमा एउटा ताल निर्माण हुनेछ। थाहा नगरपालिका–४ स्थित सिमभन्ज्याङमा निर्माण हुने तालको तल्लो आधार हात्तीपाइले निर्माणलगायतका काम सम्पन्न भएको छ।
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ ।
दोलखामा किवीले पाएन बजार
राम्रो बजार मूल्य पाउने आसमा किवी खेतीमा हौसिएका दोलखाका किसान उत्पादनले उचित बजार नपाउँदा निराश बनेका छन् । किवी उत्पादन राम्रो भए पनि बजार नपाएको उनीहरूको गुनासो छ । स्विस सरकारको परियोजना चल्दा बसेका स्विस नागरिकले २०४४ सालमा चरीकोट सिमपानीका श्याम खड्काको घरमा किवी रोपेका थिए तर आफूले त्यसको २० वर्षपछि मात्रै उक्त फल किवी भएको थाहा पाएको खड्काले बताउनुभयो ।