शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ।
प्रधानमन्त्री प्रचण्डद्वारा विद्यालय भवनको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नवनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको आज (शुक्रबार) उद्घाटन गर्नुभएको छ ।
सडकमा तरकारी फालेर किसान आन्दोलन (फोटो फिचर)
उत्पादित तरकारी बिक्री नभएको भन्दै चितवनका किसानले नारायणगढका सडकमा तरकारी फालेका छन् ।
गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा
दुर्लभ एकसिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल आजदेखि यहाँ सुरु हुँदैछ । एसियाका पाँच देशका उच्च अधिकारीहरूको छलफल सहभागी हुनेछन् । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ मा तीन दिनसम्म चितवनको पटिहानीमा छलफल हुन लागेको हो ।
जुँगा जतनको भत्ताले जोगिएका जुँगा
कुनै दिन पाँच मोहोर जुँगा भत्ता पाउनु हुने दोलखाका एक ज्येष्ठ जनले नौ दशक पार गर्दा पनि आफ्नो जुँगा जोगाएरै राख्नु भएको छ ।
विषादीले नदीका माछा मासिँदै
सिन्धुलीको दुधौली नगरपालिकाले कमला नदीमा विषादी प्रयोग गरी माछा मार्ने क्रम बढेपछि जरिवानाको व्यवस्था गरेको छ । पछिल्लो समयमा नदीमा विषादीको प्रयोग बढ्दै गएको छ । यसको अन्त्य गर्न विषादी प्रयोग गरी माछा मारेको पाइएमा सात हजार पाँच सय रुपियाँसम्म जरिवाना र प्रचलित कानुनअनुसार कारबाहीको व्यवस्था गरेको दुधौली नगरपालिकाले जनाएको छ ।
छोरी जन्माउने आमालाई तीन हजार भत्ता
छोराछोरीप्रति हुने विभेद अन्त्य गर्न भन्दै सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले ‘छोरी सम्मान’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । छोरी जन्माउने आमालाई पालिकाले प्रोत्साहनस्वरूप नगद तीन हजार रुपियाँ प्रदान गर्न थालेको हो । प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप तीन हजार रुपियाँ प्रदान गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा सुत्केरी भएमा तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप उक्त रकम दिने उहाँले बताउनुभयो ।
त्रिपुरासुन्दरीमा उच्च शिक्षासम्म निःशुल्क
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले उच्च शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाएको छ । आर्थिक अभावका कारण बीचमै पढाइ छोड्ने दर घटाउन र शिक्षामा सबैको पहुँच बढाउने उद्देश्यले गाउँपालिकाले निःशुल्क शिक्षासम्बन्धी कार्यविधि २०७९ बनाएर शिक्षालाई निःशुल्क बनाएको हो । गाउँपालिकाभित्र ११ र १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीका लागि मासिक पाँच सय र क्याम्पसका लागि मासिक सात सय रुपियाँका दरले रकम उपलब्ध गराउन थालेपछि गाउँपालिकाभित्र ६७५ जना विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाएका हुन् ।
कक्षाकोठामै सुत्छन् विद्यार्थी
दोलखाको भीमेश्वर नगरपालिका–३, देउरालीडाँडामा रहेको भीमेश्वर बहिरा प्राथमिक विद्यालयमा आवास भवन अभाव हुँदा विद्यार्थी अध्ययन गर्ने कक्षामै सुत्न बाध्य छन् । आवासीय विद्यालय भए पनि विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि विद्यालयमा आवास भवनको समस्या परेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
काभ्रेमा बसले ठक्कर दिँदा बालिकाको मृत्यु, बसमा अगजानी
काभ्रेको बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ।
गोरखापत्रकर्मी पराजुली सम्मानित
गोरखापत्रकर्मी वसन्त पराजुली सम्मानित हुनुभएको छ । विश्व सिमसार दिवसको अवसर पारेर राप्ती नदी तटीयक्षेत्र सरसफाइ अभियानले एक कार्यक्रम गरी पराजुलीलाई सम्मान गरेको हो ।
तस्बिरमा प्रतिनिधि सभा सदस्य अभिमुखीकरण कार्यक्रम
प्रतिनिधि सभा सदस्यका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
निःशुल्क आँखा जाँच सम्बन्धी सम्झौता
नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच आँखा उपचारसम्बन्धी जनचेतना फैलाउने र पत्रकारका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
कालिन्चोकमा आगलागी हुँदा नौ घर नष्ट
दोलखाको कालिन्चोक गाउँपालिकामा आगलागी हुँदा नौ घर जलेर नष्ट भएका छन् । गएराति गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागीमा परी नौ घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
नौ वर्षपछि पुल निर्माण
चितवनको ठिमुराबाट तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु गरेको नवौँ वर्ष मात्र सम्पन्न हुने भएको छ। निर्माण गर्दै गर्दा दुई पटकसम्म स्ल्याप लडेर समस्या भएको पुलको हाल अन्तिम ढलानको काम हुँदै छ। सिमेन्टेड स्ल्याप निर्माण पूरा भएको छ भने फलामे ट्रस्टको भाग निर्माणको तयारीमा रहेको छ।
ठूला योजनामा लगानी केन्द्रित गरिने
प्रदेश र सङ्घीय शासन प्रणालीप्रति पछिल्लो समय देखिएको असन्तुष्टिको सम्बोधन हुने र नागरिकले परिवर्तनको अनुभूति गर्ने गरी प्रदेशले काम गर्नुपर्नेमा जोड दिइएको छ। बागमती प्रदेश सभाको पाँचौँ वार्षिकोत्सवका अवसरमा बागमती प्रदेश सभा सचिवालयले बुधबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा नागरिकको ठूलो लगानी र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलगायतका उपलब्धिको रक्षा आवश्यक भएको भन्दै यसका लागि प्रदेश सभा सदस्यलाई दायित्व बोध र इमानदारितापूर्वक लाग्न आग्रह गरिएको हो।
काभ्रेपलाञ्चोकमा खेलकुद महोत्सव हुँदै
काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक बृहत खेलकुद महोत्सवको आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति तथा जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा शुक्रबारदेखि पनौतीस्थित क्षेत्रीय रङ्गशालामा खेलकुद महोत्सव हुने भएको हो ।
विद्यार्थीले विद्यालयमै अनुभव गरे ‘चन्द्रमाको यात्रा’
‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले लक्ष्य ठूलो लिन यस्तो भन्नुभएको थियो । सोमबार राजधानीमा विद्यालय तहका ६४ जना बालबालिका पनि चन्द्रमा छुने सोचका साथ चन्द्रमासम्म कसरी यात्रा गर्ने भनेर ज्ञान आर्जन गर्न तल्लिन देखिए ।
बागमती प्रदेशसभाको बैठक माघ २२ गते अपराह्न बस्ने
बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएपछि स्थगित भएको थियो ।
भीमा एकादशीमा गरियो रुद्री पाठ र होम यज्ञ
दोलखाको भीमेश्वर नगरपालिका –२ ऐतिहासिक सहरमा रहेको भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समिति साथीका लागि साथी समूख काठमाडौंले आयोजना गरेको धार्मिक कार्यक्रमगरी आज भीमा एकादशी मनाइएको छ ।
विकास र परिवर्तन नगर्ने छुट अब हामीलाई छैन : रक्षामन्त्री उप्रेती
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पूर्वधार विकास आयोजनालाई वस्तुगत यथार्थका आधारमा अघि बढाएमा मात्र समयमै सम्पन्न गर्न सकिने बताउनुभएको छ ।
ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका व्यक्ति पक्राउ
काठमाडौं महानगरपालिकाले ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
‘थोरै खाऔँ सही मात्रामा खाऔँ आयोडिनयुक्त नुन’
आयोडिनयुक्त नुनको थप प्रवर्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’का रुपमा विभिन्न कार्यक्रम आयोजना गरी आजदेखि मनाउन सुरुआत गरिएको छ । नेपाल युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य देश हो ।
सिंहदरबारको पूर्वी प्रवेशद्वार अगाडि ढल फुटेर बिजोग
सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो ।