• २५ वैशाख २०८१, मङ्गलबार

काभ्रेमा बसले ठक्कर दिँदा बालिकाको मृत्यु, बसमा अगजानी

blog

बालिकालाई ठक्कर दिने बसमा स्थानीयले गरेको आगजनी । तस्बिर सौजन्य: विवेक श्रेष्ठ

काठमाडौं, माघ १९ गते। काभ्रेको बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नमोबुद्व ७ स्थित २० किलोमा बा २ ख ७३४२ नम्बरको बसले आठ वर्षीया बालिका दिबिसा अधिकारीलाई ठक्कर दिएको हो।

प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार बालिकाको घटनास्थलमै मृत्यु भएको हो। एसपी जोशीका अनुसार आक्रोशित स्थानीयले बालिकालाई ठक्कर दिने बसमा गजानी गरेका छन्। स्थिति नियन्त्रणमा लिएर प्रहरीले बसमा लागेको आगो निभाएको छ। 

स्थानीयको आक्रोशित भीडले बालिकाको शव उठाउन दिएका छैनन्।  स्थानीयसँग समन्वय गरेर स्थानीयको आक्रोश साम्य पर्ने काम भइरहेको एसपी जोशीको भनाइ छ।