• १५ चैत २०८०, बिहिबार

भीमा एकादशीमा गरियो रुद्री पाठ र होम यज्ञ

blog

बाबुराम शर्मा 

दोलखा, माघ १८ गते । दोलखाको भीमेश्वर नगरपालिका –२ ऐतिहासिक सहरमा रहेको भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समिति साथीका लागि साथी समूख काठमाडौंले आयोजना गरेको धार्मिक कार्यक्रमगरी आज भीमा एकादशी मनाइएको छ । 

भीमा एकादशीको पावन अवसरमा मन्दिरमा रुद्री पाठ, होम यज्ञ धार्मिक कार्य गरी भीमा एकादशी भव्य रुपमा मनाइएको समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।  आराध्यदेव, आदिशक्ति, महाशक्ति, पसरमशक्ति भीमेश्वरमा परापूर्वकालदेखि चलिआएको भीमा एकादशीमा गर्दैआएको धार्मिक कार्य गरिएको हो । 

उहाँका अनुसार बिहान ९ बजेदेखि ब्राह्मणद्वारा रुद्री पाठ, होम यज्ञ गरिएको थियो । धार्मिक कार्यक्रम सकिएपछि आज १ बजेबाट भक्तजन तथा गुठियारबाट समेत प्रसाद गहण गरिएको छ । भक्तजनहरुबाट साँझ ६ बजेदेखि जाग्राम ब्रत बसी बत्ती बाल्ने कार्यक्रम रहेको समितिका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।