• २३ वैशाख २०८१, आइतबार

गोरखापत्रकर्मी पराजुली सम्मानित

blog

कार्यक्रममा सम्मानित हुँदै गोरखापत्रकर्मी वसन्त पराजुली ।

नारायणगढ समाचारदाता

भरतपुर, माघ १९ गते । गोरखापत्रकर्मी वसन्त पराजुली सम्मानित हुनुभएको छ । विश्व सिमसार दिवसको अवसर पारेर राप्ती नदी तटीयक्षेत्र सरसफाइ अभियानले एक कार्यक्रम गरी पराजुलीलाई सम्मान गरेको हो ।

समाचारका माध्यमबाट वातावरणीय सुधार र नदी सरसफाइका क्षेत्रमा गर्नुभएको योगदानको मूल्याङ्कन गर्दै पराजुलीलाई सम्मानित गरिएको हो । कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पराजुलीलाई सम्मानित गर्नुभयो ।  

पराजुली गोरखापत्र दैनिकमा लामो समयदेखि समाचारदाताको रूपमा काम गर्दै आउनुभएको छ । यस्तै, सोही कार्यक्रममा राष्ट्रिय समाचार समितिका संवाददाता आनन्द पोख्रेललाई पनि सम्मानित गरिएको छ ।  

चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको राप्ती नदी सरसफाइमा अभियानले चार सय हप्ता पूरा गरेको छ । यो अवधिमा अभियानले नदी सरसफाइ गर्दै जलचरको संरक्षणमा विशेष पहल गरेको  अभियानका अध्यक्ष अपिल घिमिरेले जानकारी दिनुभयो । 

सो अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले नदी तथा सिमसार क्षेत्रले जैविक विविधता र वन्यजन्तुको संरक्षणमा ठूलो टेवा पुगेको बताउनुभयो ।