• ७ वैशाख २०८१, शुक्रबार

सिंहदरबारको पूर्वी प्रवेशद्वार अगाडि ढल फुटेर बिजोग

blog

सिंहदरबारको पूर्वी गेट अगाडि फुटेको ढल । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, माघ १८ गते । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो ।

ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालकहरुले सास्ती व्यहोर्नुपरेको छ ।

सिंहदरबार पूर्वी गेटमा मङ्गलवार दिउँसोदेखि ढल फुटेकाे छ । हालसम्म पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनै पनि पहल भएको छैन । पूर्वी गेट वरपरका स्थानीयहरु ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।