नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्ने तयारी
नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ । पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ ।
पशुचौपाया ओसारपसारमा रोक
सिन्धुलीको तीनपाटन र फिक्कल गाउँपालिकाले पशुचौपाया ओसारपसारमा रोक लगाएको छ । तीनपाटन गाउँपालिकाको वडा नं. ३, ४, ८ र ११ तथा फिक्कल गाउँपालिका–२ र ४ मा पशुचौपायामा खोरेतको सङ्क्रमण देखिएपछि नियन्त्रण गर्न पशुचौपाया ओसारपसारमा रोक लगाएको ती गाउँपालिकाले जनाएका छन् ।
त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार हुँदै
नेपालको पाँचौँ पुरानो जलविद्युत् आयोजना त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण गरिने भएको छ । वैशाखदेखि सुरु भएको केन्द्रको जलाशय पुनस्र्थापनाको काम एक महिनाभित्र र विद्युत्गृहलाई स्वचालित बनाउने काम एक वर्षभित्र सक्ने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्रहरीले समात्यो १५ जना गैँडा सिकारीको गिरोह
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडाको चोरी सिकारीमा संलग्न रहेका १५ जनाको टोलीलाई पक्राउ गरेको छ । लामो समय देखि गैँडा सिकारीमा संलग्न रहँदै आएका टोलीलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ: प्रधानमन्त्री
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षक एवंं लोकतन्त्रको पहरेदार भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।
प्रेम दिवसमा पच्चीस हजार स्टिक गुलाफको फूल माग
प्रेम दिवसका लागि मात्रै चितवनको बजारमा २५ हजार स्टिक गुलाफको फूलको माग रहेको छ । फ्लोरिकल्चर एसोसिएसन चितवनका पूर्वअध्यक्ष पुष्प व्यवसायी प्रकाश पन्तले चितवनमा गुलाफ फूलको उत्पादन नभएकाले भारतबाट आउने फूलले पूरा गर्ने बताउनुभयो । तीन वर्षअघि सम्म टनेलमा गुलाफ खेती गर्नुभएका पन्तले लगानी धेरै गर्नुपर्ने भएपछि खेती
माओवादी केन्द्रमा वाम ध्रुवीकरणको प्रस्ताव : नयाँ कार्यविभाजन तोक्ने
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार अपराह्न ५ बजे भर्चुअल बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ।
विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति
सदरमुकाम चरीकोटस्थित रहेको उज्यालो भविष्य संस्थाको विशेष पहलमा सर्व माध्यमिक विद्यालयका दुई छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । दोलखा समाज अस्ट्रेलियाबाट प्राप्त विपन्न तथा जेहेन्दार छात्रावृत्ति भीमश्वर नगरपालिका–४ जिलुमा रहेको सो विद्यालयका छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो ।
वृहत् यौनिक शिक्षा सम्बन्धी कार्यशाला सम्पन्न
नेपाल स्वास्थ्य शिक्षा सङ्घ, त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय र शिन्शु विश्वविद्यालयको संयुक्त आयोजनामा २ दिने वृहत् यौनिक शिक्षा सम्बन्धी कार्यमूलक अनुसन्धानमा आधारित कार्यशाला हालै सम्पन्न भएको थियो ।
त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्धार र आधुनिकीकरण गरिँदै
नेपाल विद्युत प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ ।
सुरुङ मार्गको भयो ब्रेक थ्रु
राष्ट्रिय गौरवको त्रिदेशीय उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माण सुरु भएको सुरुङ मार्गको ब्रेक थ्रु भएको छ ।
पैसाका लागि अपहरणको नाटक, छ पक्राउ
एक समूहले पैसाका लागि अपहरणमा परेको नाटक मञ्चन गरेको तथ्य फेला परेको छ । यसरी अपहरणमा परेको भनी नाटक गर्ने छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
लघुजलविद्युत् योजना विस्थापित हुँदै
सिन्धुली जिल्लामा पछिल्लो समय राष्ट्रिय विद्युत् प्रसारण लाइनको विस्तारसँगै लघुजलविद्युत् योजना विस्थापित हुँदै गएका छन्। नेपाल विद्युत् प्राधिकरण, स्थानीय सरकार र विश्व बैङ्कले जिल्लाका विभिन्न भागमा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारलाई तीव्रता दिएसँगै विगतमा निर्माण गरिएका लघुजलविद्युत् योजना विस्थापित हुँदै गएका हुन्।
विद्यालय भवनको प्रबलीकरण हुँदै
दोलखाको वैतेश्वर गाउँपालिका–४ मैनापोखरीमा रहेको हनुमन्तेश्वर माध्यमिक विद्यालयका सातवटा भवन प्रबलीकरण गरिने भएको छ। गत आठ वर्षअघि २०७२ सालमा गएको विनाशकारी भूकम्पले हल्लाएर जीर्ण बनेका विद्यालयका यी भवनको प्रबलीकरण भइरहेको विद्यालयका प्रधानाध्यापक भरत दहालले बताउनुभयो।
राजधानी जोड्ने छोटा मार्ग दुई महिना बन्द
प्रदेश राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँ काठमाडौँसँग जोड्ने दुईवटै छोटो दूरीका मार्गमा दुई महिनाका लागि सवारी आवागमन बन्द गरिने भएको छ। हेटौँडा–भीमफेदी–कुलेखानी–हुमानेभन्ज्याङ–फर्पिङ र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली–फर्पिङ सडक निर्माणक्रममा आगामी फागुन १ गतेबाट दुई महिनाका बन्द गरिने भएको हो। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको उपस्थितिमा भएको सरोकारवाला निकायको छलफलमा दुवै सडक द्रुत गतिमा निर्माण गर्न यो निर्णय भएको छ।
बाघको आक्रमणबाट महिला घाइते
हेटौँडा उपमहानगरपालिका –१८ स्थित रामधुनीस्थित जङ्गल छेउमा बाघको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ ।
प्रथम यु –१२ राष्ट्रव्यापी थ्रीबाई थ्री बास्केटबल प्रतियोगिताको हुने
आइएसए नेपालको आयोजनामा प्रथम यु –१२ राष्ट्रव्यापी थ्रीबाई थ्री बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।
जग्गा वर्गीकरण गर्न स्थानीय तह अन्यौलमा
दोलखाको स्थानीय तहमा जग्गा वर्गीकरण बारेमा अन्योल देखिएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकाले मात्र भूवर्गीकरण गरेका छन् ।
नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम
पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । वि.सं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति चार वर्षमा २५ प्रतिशत मात्रै सकिएको आयोजनाले जनाएको छ ।
मानव बेचबिखन र ओसारपसार गर्ने पक्राउ
मानव बेचबिखन र ओसारपसार गर्ने जुगल गाउँपालिका–५ की वर्ष २५ की कविता घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
एकहप्ते दोलखा महोत्सव हुने
नेपाल चेम्बर अफ कमर्स दोलखा शाखाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सातदिने दोलखा महोत्सव आयोजना गर्ने भएको छ ।
लागूऔषध दुर्व्यसनीविरुद्ध अभियान
रामेछापको पालिकास्तरमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लागूऔषध दुव्र्यसनीविरुद्ध अभियानको थालनी गरेको छ ।
धार्मिक स्थल जोड्न सोह्र सय सिँढी
पर्यापर्यटनको विकासका साथै चण्डेश्वरी मन्दिर र गोसाइँस्थान दुई ठूला धार्मिक स्थललाई जोड्ने उद्देश्यले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी मन्दिरदेखि गोसाइँस्थानसम्म सोह्र सय सिँढी निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बनेपा नगरपालिकाको संयुक्त लगानीमा आर्थिक वर्ष २०७७÷७८ बाट सिँढी निर्माण सुरु गरिएको हो ।
सुनकोसीका सबै सडक चौडा
सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडा बनाउन थालिएको छ । वडा नम्बर १ देखि ७ सम्मका सबै कच्ची सडकमा १२ महिना नै यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको सो गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।