• ४ जेठ २०८१, शुक्रबार

एकहप्ते दोलखा महोत्सव हुने

blog

बाबुराम शर्मा 

दोलखा, माघ २५ गते । नेपाल चेम्बर अफ कमर्स दोलखा शाखाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सातदिने दोलखा महोत्सव आयोजना गर्ने भएको छ । 

फागुन २१ देखि २७ गतेसम्म हुने महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई दोलखा भिर्याएर खस्कँदो आर्थिक तथा पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्य राखिएको नेपाल चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले बताउनुभयो । 

कोभिड १९ ले थलिएको व्यापार व्यवसायलाई चलायमान बनाउन पनि महोत्सव आयोजना गर्न लागिएको हो । उहाँले भन्नुभयो,महोत्सवमा विशेष गरी दोलखामा उत्पादन हुने कृषिजन्य उपजलाई प्राथमिकता दिइनेछ । सदरमुकाम चरिकोटको टुँडिखेलमा हुने महोत्सवमा सबै पालिकालाई आग्रह गरी सय वटा स्टल राखिनेछ ।  

सांस्कृतिक कार्यक्रमका साथै स्थानीयले उत्पादन गरेका औद्योगिक तथा कृषि सामग्रीहरू प्रदर्शनीमा राखिने उहाँले जानकारी दिनुभयो ।