• १७ असार २०८१, सोमबार

मानव बेचबिखन र ओसारपसार गर्ने पक्राउ

blog

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न कविता घिमिरे । तस्बिर: नेपाल प्रहरी

चित्र मिजार

सिन्धुपाल्चोक, माघ २५ गते । मानव बेचबिखन र ओसारपसार गर्ने जुगल गाउँपालिका–५ की वर्ष २५ की कविता घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत सिन्धुपाल्चोकले कवितालाई २०७२ फागुन १२ गतेको फैसलाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ९ वर्ष २६ दिन बाँकी कैद ५० हजार जरिवाना तोकेको थियो । २०७२ वैशाख १२ गतेको भूकम्पले जिल्ला कारागार भत्किएपछि कविता फरार थिइन् । 

२०७४ फागुन ९ गतेको फैसलाले थुनुवा, कैदी भागे, भगाइएको मुद्दामा कवितालाई ४ वर्ष ६ महिना २४ दिन कैद थप गरेर १३ वर्ष ७ महिना २४ दिन कैद र ५० हजार जरिवाना भएको थियो । भूकम्पबाट फरार रहेकी कवितालाई ६ वर्ष ११ महिना ११ दिनपछि सिन्धुपाल्चोक प्रहरीले जडीबुटीबाट २०७९ माघ २३ गते पक्राउ गरेको छ । निज कवितालाई प्रहरीले जिल्ला अदालतमा दाखिला गरी कैद र जरिवाना असुल उपरका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।