• १२ मंसिर २०८१, बुधबार

प्रेम दिवसमा पच्चीस हजार स्टिक गुलाफको फूल माग

blog

चितवन समाचारदाता

चितवन, माघ २७ गते । प्रेम दिवसका लागि मात्रै चितवनको बजारमा २५ हजार स्टिक गुलाफको फूलको माग रहेको छ । 

फ्लोरिकल्चर एसोसिएसन चितवनका पूर्वअध्यक्ष पुष्प व्यवसायी प्रकाश पन्तले चितवनमा गुलाफ फूलको उत्पादन नभएकाले भारतबाट आउने फूलले पूरा गर्ने बताउनुभयो । तीन वर्षअघि सम्म टनेलमा गुलाफ खेती गर्नुभएका पन्तले लगानी धेरै गर्नुपर्ने भएपछि खेती छाड्नुभयो । गुलाफबाहेकको फूलको भने उहाँले खेती गर्दै आउनुभएको छ । पुष्प व्यवसायी मेघनाथ तिमल्सिनाले चितवन जिल्लामा गुलाफसँगै अन्य फूलको खेती गर्नेहरू घट्न थालेको बताउनुभयो । खेती गर्दा लगानी धेरै गर्नुपर्ने र अन्य खेतीमाभन्दा फूलको खेतीमा धेरै ध्यान दिनुपर्ने र जोखिम पनि बढी हुने भएकाले कमी हुँदै आएको बताउनुभयो । 

पुष्प व्यवसायी सङ्घका पूर्वअध्यक्ष पन्तले भन्नुभयो, “चितवनको माटोमा दुई किसिमको गुलाफ फूलको उत्पादन गर्न सकिन्छ, एउटा स्थानीय जातको हुन्छ, यसको मूल्य खासै हुँदैन । अर्को उच्च जात (डच)को उत्पादन गर्न सकिन्छ, जुन प्रेम दिवसमा प्रयोगमा आउँछ ।”