पठाओको चर्को 'अफलाइन' मोलमोलाइ
सार्वजनिक सवारीसाधन नचलेपछि पठाओ र निजी मोटरसाइकलले मनोमानी भाडा लिएर यात्रु चढाउने गरेका छन् । सरकार र यातायात व्यावसायीबीच भएको वार्तापछि आन्दोलनका कार्यक्रम स्थगित भए पनि अहिलेसम्म सार्वजनिक सवारी चलेका छैन ।
सरकार र यातायात मजदुर सङ्गठनबीच पाँचबुँदे सम्झौता
सरकार र यातायात मजदुर सङ्गठनहरुबीच पाँचबुँदे सम्झौता भएको छ । सरकारले सोमबार साँझदेखि आन्दोलनमा उत्रिएका सङ्गठनहरूसँग पाँच बुँदे सम्झौता गरेको हो ।
सिमेन्ट उत्पादन बन्द
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो ।
बन्द फिर्ता भए पनि सार्वजनिक यातायात चलेनन् (फोटो फिचर)
सरकारसँगको वार्तापछि यातायात मजदुर सङ्गठनले मङ्गलबारको बन्द फिर्ता लिए पनि सार्वजनिक यातायात सुचारु हुन सकेको छैन । यातायात व्यवसायी र मजदुरहरूले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गर्ने कार्यक्रम फिर्ता लिएको छ ।
यातायात व्यवसायीलाई तत्काल हड्ताल रोक्न यातायातमन्त्री श्रेष्ठको आग्रह
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अहिले हड्ताल गर्ने बेला नभएकाले हड्ताल फिर्ता लिन आग्रह गर्नुभयो ।
सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागू
बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो ।
भरतपुर अस्पतालको सेवा सुधारिँदै
भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो ।
हिउँदे पानी नपर्दा खाद्यान्नबाली प्रभावित
उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा विलिन हुन थालेका छन् ।
बलेफीमा कोठाभित्र बसेर उपभोक्ता समिति गठन
बलेफी गाउँपालिकामा पछिल्लो समय कोठाभित्र बसेर उपभोक्ता समिति गठन गर्ने गरेको पाइएको छ । विधि र प्रक्रियालाई नमानेर गाउँपालिका वडा नम्बर ६ मा निमार्ण हुन लागेको अँधेरी खेलमैदान उपभोक्ता समिति उपभोक्ताहरूको भेला नगराई उपभोक्ता समिति गठन गरिएको छ ।
जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति
दोलखा समाज अस्टे«लियाबाट प्राप्त विपन्न तथा जेहेनदार छात्रवृत्ति भीमश्वर नगरपालिका–४, जिलुमा रहेको सर्ब माध्यमिक विद्यालयमा अध्ययनरत जनजाति समुदायका दुई छात्रालाई वितरण गरिएको छ।
‘माओवादीका लागि चुनौतीसँगै अवसर’
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले वर्तमान सरकार माओवादीका लागि चुनौती र अवसर दुवै भएको बताउनुभएको छ।
चीनको सहयोगमा विद्यालय निर्माण
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेमा रत्नराज्य माध्यमिक विद्यालयको भवन निर्माण भएको छ। विद्यालय परिसरमा छवटा अत्याधुनिक एवं सुविधायुक्त भवन निर्माण गरिएका छन्। भवन निर्माणमा एक अर्ब रुपियाँभन्दा बढी लगानी भएको विद्यालय प्रशासनले जनाएको छ। भूकम्पपछि टहरामा बसेर कष्टपूर्वक अध्ययन गरेका बालबालिकाले अत्याधुनिक भवनमा बसेर पढ्न पाएका छन्।
हिउँदे पानी नपर्दा खाद्यान्नबाली प्रभावित
उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा विलिन हुन थालेका छन् ।
सरकार, यातायात मजदुर र व्यवसायीबीच वार्ता हुँदै
सम्झौता गरिएका मागहरू पुरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले वार्ता गर्ने भएको छ ।
सरकारले मंगलबार यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने
सरकारले यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने भएको छ।
निर्माण व्यवसायी सङ्घको अध्यक्षमा कँडेल
निर्माण व्यवसायी सङ्घ मकवानपुरको ११ औँ अधिवेशनबाट सङ्घको अध्यक्षमा बालगोपाल कँडेल निर्वाचित हुनुभएको छ । कँडेल २१६ मतसहित आज निर्वाचित हुनुभएको हो ।
दिनभर बालाजु क्षेत्रमा तनाव : उपत्यकामा सवारी बन्द गर्ने व्यवसायीको निर्णय
बालाजुस्थित गोङ्गबु नयाँ बसपार्क क्षेत्र सोमबार दिनभर तनावग्रस्त बनेको छ। मजदुर कुटिएको भन्दै सुरु भएको विरोध प्रदर्शन चर्कँदै जाँदा उक्त क्षेत्रमा तनाव भएको हो।
सरकार माओवादीको लागि चुनौती र अवसर हो : पूर्व सभामुख सापकोटा
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान सरकार र माओवादीका लागि चुनौती र अवसर दुवै भएको बताउनुभएको छ।
‘यदु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार चौधरीलाई
यस वर्षको ‘यदु स्मृति पत्रकारिता’ पुरस्कार गोरखापत्रका पत्रकार लोकबहादुर चौधरी (लक्की चौधरी) लाई प्रदान गरिने भएको छ । पुरस्कार सिफारिस समितिले चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरेको समितिका सदस्यसचिव रुद्र खड्काले जानकारी दिनुभयो ।
गोरखापत्रकर्मी दाहालसहित पूर्व जनप्रतिनिधि सम्मानित
हेटौँडा उपमहानगरले ५४ औँ हेटौँडा नगर स्थापना दिवस मनाएको छ । २०२६ सालमा तत्कालीन हेटौँडा नगर पञ्चायत स्थापना भएको आधार वर्ष मानेर पहिलो पटक हेटौँडा नगर स्थापना दिवस मनाइएको हो ।
कीर्तिपुर, इटागाेलमा एकहप्ते महापरित्राण पाठ सञ्चालन हुँदै
विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै कीर्तिपुर नगरपालिकाको वडा नम्बर ७ को इटागाेलमा एकहप्ते महापरित्राण पाठ (विशेष पूजा) सञ्चालन भइरहेको छ ।
सत्यमोहन जोशीको स्मरणमा कार्यक्रम
वाङ्मय शताब्दीपुरुष स्व. सत्यमोहन जोशीको सम्झनामा मिसा साहित्यकार मुनाले हालै लोक साहित्य परिषद बखुंबहाल ललितपुरमा ‘सत्यमोहन जोशी लुमंका’ कार्यक्रमको आयोजना गरेको छ ।
नवदीश्रित पाठशालाको अभिभावक तथा वार्षिक दिवस सम्पन्न
टोखा नगरपालिका–३ आदर्श टोलस्थित नवदीश्रित पाठशालाको अभिभावक तथा वार्षिक दिवस सम्पन्न भएको छ ।
पृतनापति समन्वयात्मक बैठक सुरु
नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पृतना समन्वयात्मक बैठक सुरु भएको छ। आइतबार र सोमबार गरी दुई दिनसम्म सञ्चालन हुने बैठकमा राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षाका विषयमा गहन समीक्षा हुनेछ। नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले पृतनापति समन्वयात्मक बैठकमा समग्र राष्ट्रिय सुरक्षाको विश्लेषणसँगै, विपत् व्यवस्थापन, नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको समीक्षा हुनेछ। उक्त बैठकमा गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बेला देखिएको सुरक्षा अवस्थाबारे समीक्षा हुनेछ।