• १२ मंसिर २०८१, बुधबार

जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति

blog

दोलखा समाचारदाता 

दोलखा, फागुन २ गते । दोलखा समाज अस्टे«लियाबाट प्राप्त विपन्न तथा जेहेनदार छात्रवृत्ति भीमश्वर नगरपालिका–४, जिलुमा रहेको सर्ब माध्यमिक विद्यालयमा अध्ययनरत जनजाति समुदायका दुई छात्रालाई वितरण गरिएको छ।

एक कार्यक्रमबीच कृषि तथा बाली विज्ञान तीन वर्षे डिप्लोमा तहमा अध्ययनरत वैतेश्वर गाउँपालिका–१ का पम्फा घिसिङ र वडा नम्बर ८ का सविना जिरेललाई सो छात्रवृत्ति वितरण गरिएको संस्थाका अध्यक्ष राजन बस्नेतले जानकारी दिनुभयो। दोलखा समाज अस्ट्रेलियाका अध्यक्ष विष्णुवर थापाको विशेष पहलमा प्राप्त सो छात्रवृत्तिको एक लाख रुपियाँको चेक विद्यालयका प्रधानाध्यापक विश्वमणि चौलागाईंलाई हस्तान्तरण गरिएको हो। 

समाजले यहाँका पहिरोपीडित, अग्निपीडित, विभिन्न रोगसँग जुधिरहेका रोगी, चरीकोट जेलमा पुस्तकालय स्थापनासमेतका लागि नेपाली रकम १२ लाख रुपियाँ आर्थिक सहयोग गरिसकेको समाजका अध्यक्ष थापाले जानकारी दिनुभयो।