• १२ मंसिर २०८१, बुधबार

सरकार, यातायात मजदुर र व्यवसायीबीच वार्ता हुँदै

blog

काठमाडौं, फागुन २ गते । सम्झौता गरिएका मागहरू पुरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले वार्ता गर्ने भएको छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सोमबार बालाजु बाइपास क्षेत्रमा भएको मजदुर आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण जनाउनु हुँदै वार्ताका लागि आव्हान गरिसक्नु भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । 

सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी सङ्गठनहरूले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाई सकेको जनाएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सि गौतमको संयोजकत्वमा यातायात व्यवसायी र यातायात मजदुर सम्मिलित कार्यदल आइतबार नै गठन भएको छ। कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको छ।

आन्दोलन नै समाधान नभएको बताउनुहुँदै वार्ता र छलफल गरी उचित निष्कर्ष निकाल्न उपप्रधानमन्त्री श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिहरूलाई बिहान ८ः३० बजे मन्त्रालयमा बोलाउनु भएको छ।