• १३ साउन २०८१, आइतबार

सरकारले मंगलबार यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने

blog

उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ । फाइल तस्बिर

काठमाडौं, फागुन १ गते। सरकारले यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने भएको छ। उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सोमबार बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै वार्ताका लागि पहल गर्नुभएको हो। 

‘‘उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आज अपरान्ह बालाजु बाइपास क्षेत्रमा भएको मजदुर आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण जनाउनुभएको छ’’, मन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले भन्नुभयो। 

सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको उहाँको भनाइ छ।  

यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मलित कार्यदल आइतबार गठन भइसकेको छ।कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको छ।

सोमबारको आन्दोलनको सन्दर्भ र त्यसको समाधानबारे वार्ता र छलफल गरी उचित निष्कर्ष निकाल्न उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार छलफलसमेत गर्नुुहुने भएको छ। 

प्रेस संयोजक गिरीका अनुसार मन्त्री श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिलाई मंगलबार बिहान साढे ८ बजे छलफलका लागि मन्त्रालयमा बोलाउनुभएको छ।