• ७ जेठ २०८१, सोमबार

बन्द फिर्ता भए पनि सार्वजनिक यातायात चलेनन् (फोटो फिचर)

blog

सरकारसँगको वार्तापछि यातायात मजदुर सङ्गठनले बन्द फिर्ता लिए पनि चलेनन् सार्वजनिक यातायात । तस्बिर : केशब गुरुङ

माडौं, फागुन २ गते । सरकारसँगको वार्तापछि यातायात मजदुर सङ्गठनले मङ्गलबारको बन्द फिर्ता लिए पनि सार्वजनिक यातायात सुचारु हुन सकेको छैन । यातायात व्यवसायी र मजदुरहरूले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गर्ने कार्यक्रम फिर्ता लिएको छ । केही निजी, ट्याक्सी, एम्बुलेन्सलगायतका सवारी साधन मात्रै चलेका छन् ।


मङ्गलबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी र मजदुरहरूले उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेपछि कार्यक्रम स्थगित गरिएको थियो ।

छलफलमा यातायातमन्त्री श्रेष्ठले यातायात क्षेत्रको समग्र सुधारका लागि यातायात व्यवस्था सुधार कार्यक्रम बनाइसकिएको र तत्कालको समस्या समाधान गर्न ७ दिन भित्र नै निर्णय गर्न अर्को कार्यदल गठन गरिसकिएको उल्लेख गर्दै हडताल फिर्ता लिएर यातायात सुचारु गर्न यातायात व्यवसायीहरूसँग आग्रह गर्नुभएको थियो । उहाँले यातायात मजदुरहरूलाई कुटपिट गर्नेहरूलाई पक्राउ गरी तत्काल कारबाही गर्न पनि निर्देशन दिनुभयो ।



मन्त्री श्रेष्ठले लुटपाटमा संलग्न प्रत्यक्ष प्रमाणित भएको खण्डमा तत्काल पक्राउ गरी कारबाही गर्न पनि निर्देशन दिनुभएको थियो । उहाँले ल्होत्से हलमा सोमबार भएको मोबाइल पसलबाट मोबाइल लुटपाटका सम्बन्धमा छानबिन गरी आवश्यक कारबाही गर्ने बताउनुभयो ।

यातायात व्यवसायीहरूले उठाएका जायज मागहरू सम्बोधन हुने र यातायात व्यवसायीहरूमाथि अन्याय हुन नदिने उहाँले बताउनुभयो ।

तस्बिर: केशब गुरुङ /सुजन गुरुङ