शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १८ गते । चलचित्र ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेतृ स्वस्तिमा खड्कासँगै अभिनेता विशाल देवकोटा देखिनुभएको छ । नेपालको रङ्गमञ्चमा अभिनेतासँगै निर्देशकका रूपमा चिनिएका कलाकार देवकोटा चलचित्रमा अडिसनमार्फत छनोट हुनुभएको हो ।
रङ्गमञ्चमा काम गर्दै अनुभव बटुल्नुभएका उहाँले त्यसैको निरन्तरतास्वरूप चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको हो । “सानैदेखि कलाकार बन्ने इच्छा थियो, त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको हुँ,” उहाँले भन्नुभयो । उहाँका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा अभिनय गर्दा नै चलचित्रको टिमको ध्यान खिचिएको थियो । त्यसपछि अडिसनका विभिन्न चरण पार गर्दै चलचित्रमा छनोट भएको हुँ ।