• ६ वैशाख २०८१, बिहिबार

तस्बिरमा प्रतिनिधि सभा सदस्य अभिमुखीकरण कार्यक्रम

blog

प्रतिनिधि सभा सदस्यका लागि दुईदिने अभिमुखीकरण कार्यक्रममा सहभागी । तस्बिर: केशब गुरुङ

काठमाडौं, माघ १९ गते । प्रतिनिधि सभा सदस्यका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । 

आज बिहान ११ बजे सङ्घीय संसद् भवनको लोत्सेहलमा सुरु भएको अभिमुखीकरण कार्यक्रम अपराह्न ४ बजेसम्म जारी रहनेछ । 

सचिवालयले आज र भोलि ४ बजेसम्म प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्ने तय गरेको हो । अभिमुखीकरण कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र संविधानविद् तथा पूर्व सांसद राधेश्याम अधिकारीले प्रशिक्षण दिने कार्यक्रम छ ।






Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।