• १३ असोज २०८१, आइतबार

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी दर्ता

blog

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल । तस्बिर : सङ्घीय संसद् सचिवालय

काठमाडौं, माघ २२ गते । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्यालले उम्मेदवारी मनोनयन गर्नुभएको छ । 

नयाँ बानेश्वरस्थित संसद् भवनमा उहाँले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रस्तावमा उम्मेवदारी दर्ता गर्नुभएको हो ।

उहाँको समर्थनमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा हुनुहुन्छ । उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अर्यालले पदको जिम्मेवारी अनुसार तटस्थ हिसाबले आफू अघि बढ्ने बताउनुभयो।

“जहिले जुन पदमा बसिन्छ, तटस्थ हिसाबले नै अब हेर्दै जाऊँ । भन्नुभन्दा पनि के कति गर्न सकिन्छ । यताउता सबै विषयमा मिलाउने र संसद गरिमामय बनाउनेमा मेरो भूमिका रहन्छ”, अर्यालले भन्नुभयो ।