• ८ पुस २०८२, मङ्गलबार

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको बिदाइ भेट

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गर्नुहुँदै नेपालस्थित चिनियाँ राजदूत छन् सोङ। तस्बिरः राष्ट्रपति कार्यालय

काठमाडौँ, पुस ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालस्थित चिनियाँ राजदूत छन् सोङले बिदाइ भेट गर्नुभएको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार शिष्टाचार बिदाइ भेटमा नेपाल र चीनबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसीहित र चासोका विषयमा कुराकानी भएको छ ।

राष्ट्रपति पौडेलले बिदाइ भेटमा राजदूत सङलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद दिनुभएको छ ।