• २८ वैशाख २०८२, आइतबार

कोइला बोकेको ट्रक पल्टेर मुग्लिन सडक अवरुद्ध

blog

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलानजिक ट्रक पल्टेर अवरुद्ध भएको मुग्लिन सडक । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, वैशाख २८ गते । मुग्लिन नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोलानजिक कोइला बोकेको ट्रक सडकमा पल्टिदा राजमार्ग अवरुद्ध भएको छ । 

बिरगन्जबाट काठमाडौं जाँदैगरेको मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको (कोइला लोड) भएको ट्रक अनियन्त्रित भइ विहान ७ बजे पल्टेको थियो । ट्रक पल्टे पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो ।