• १२ मंसिर २०८१, बुधबार

देशमा भएको बेथितिलाई अन्त्य गरिने

blog

चितवन समाचारदाता

चितवन, माघ २९ गते । सहरी विकासमन्त्री विक्रम पाण्डेले देशमा भएको बेथितिलाई अन्त्य गर्नका लागि आफूले सहरी विकास मन्त्रालय सम्हालेको बताउनुभएको छ । 

शनिबार पश्चिम चितवनको मेघौलीमा आयोजित आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले जनतामा छाएको निराशालाई आशाका रूपमा परिवर्तन गर्ने गरी आफूले काम गर्ने बताउनुभयो । राजनीति र सरकारप्रति जनताको विश्वास टुटेको अवस्था छ, त्यो निराशाको अवस्थालाई बदलेर आफूले उत्कृष्ट काम गरेर देखाउने वाचा गर्नुभयो । 

कार्यक्रममा उहाँले विकास निर्माणको कामलाई छिटो सम्पन्न गर्नका लागि आफूले भूमिका खेलेको बताउँदै तोकेको समयमा सम्पन्न गर्न पहल भइरहेको जानकारी दिनुभयो । व्यवस्थित सहर बनाउन सरकारको प्रस्ट दृष्टिकोण भएको बताउनुभयो । 

हामीले नेपालका सहरलाई आकर्षण र व्यवस्थित पार्ने योजना ल्याउने जानकारी दिनुभयो । विद्यालयको कार्यक्रममा उहाँले सरकारी र निजी शैक्षिक संस्थाको गुणस्तर बराबरी हुने गरी शिक्षण कार्य हुनुपर्नेमा जोड दिनुभयो ।