• १२ मंसिर २०८१, बुधबार

थारु सङ्घ उपत्यका कमिटी अध्यक्षमा सियाराम चौधरी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ २८ गते । नेपाल लोकतान्त्रिक थारु सङ्घको उपत्यका कमिटी गठन भएको छ । शनिबार ललितपुरको च्यासलमा भएको दोस्रो उपत्यका सम्मेलनले कमिटीको अध्यक्षमा सियाराम चौधरी (सिराहा) लाई सर्वसम्मत चयन गरेको हो ।  

३५ सदस्यीय उपत्यका कमिटीको उपाध्यक्षमा गीता चौधरी (कैलाली), सचिवमा रामस्वागत चौधरी (सप्तरी), सहसचिवमा उमेश चौधरी (सप्तरी) र कोषाध्यक्षमा लुमा चौधरी (बाँके) सर्वसम्मत चयन हुनुभएको छ । 

त्यसैगरी, सदस्यहरूमा सपना चौधरी (उदयपुर), दीपा चौधरी (कैलाली), सपना चौधरी (कैलाली), पूजा चौधरी (उदयपुर), अनिता चौधरी (उदयपुर), सनराज चौधरी (सुनसरी), रामनारायण चौधरी (सुनसरी), राजकुमार चौधरी (सिराहा) रहनुभएको छ ।

त्यस्तै, अन्य सदस्यहरूमा सुवासकुमार चौधरी (सिराहा), सुजित चौधरी (रौतहट), पवन चौधरी (रौतहट), सुनु चौधरी (पर्सा), सुनीता चौधरी (पर्सा), मोतीलाल चौधरी (दाङ), उर्मिला चौधरी (दाङ), सुशीला चौधरी (दाङ), नन्दुराज चौधरी (दाङ), अनु चौधरी (बाँके), मञ्जु चौधरी (बाँके), अन्जु चौधरी (बाँके), आरती चौधरी (वर्दिया), शान्ति चौधरी (बर्दिया), कमल राना (कैलाली), अङ्कित राना (कैलाली), शान्ति राना (कञ्चनपुर), शारदा चौधरी (कपिलवस्तु) र सुदप हुजदार थारु (उदयपुर) रहनुभएको छ । 

कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुल घर्तीले थारु समुदायको समग्र विकासका लागि सङ्घले काम गर्नुपर्ने बताउनुभयो । थारु समुदायको भाषा, संस्कृति, भेषभूषा बाँचे मात्र पहिचान जोगिने चर्चा गर्नुहुँदै उहाँले थारु समुदायको राजनीतिक, सांस्कृतिक, आर्थिक, धार्मिक तथा सामाजिक अधिकारका लागि सबै थारु एकजुट भएर लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

एमाले पोलिटब्युरो सदस्य बैजनाथ चौधरीले थारु समुदायको हकहित संरक्षण तथा सम्बोधनका लागि सङ्घमार्फत राजनीतिक दबाबको खाँचो भएको बताउनुभयो । थारु समुदायको समग्र हकहितका लागि सङ्घमार्फत एकताबद्ध भएर लाग्नुको विकल्प नभएको उहाँले चर्चा गर्नुभयो । 


एमाले पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री मञ्जुकुमारी चौधरीले राजनीतिक अधिकारका लागि थारु समुदाय स्वयम् जुर्मुराउनुपर्ने बताउनुभयो । राजनीतिमा थारु समुदायको सहभागिता सुनिश्चित गराउन सङ्घले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

सङ्घका उपत्यका संयोजक सीयाराम चौधरीको सभापतित्वमा भएको कार्यक्रममा महासंघका महासचिव तथा पूर्व सांसद पेम्बा भोटे लामा, नेपाल लोकतान्त्रिक थारु सङ्घका उपाध्यक्ष विश्राम चौधरी, बलदेव चौधरी, सङ्घका केन्द्रीय महासचिव खुशीराम चौधरी, अनेरास्ववियूका सचिव रामशरण चौधरी, सङघका केन्द्रीय सचिव चन्द्रप्रसाद चौधरी, फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, महासङ्घका केन्द्रीय उपमहासचिव देवेन्द्र राई, केन्द्रीय सदस्य सकुन्तला लेप्चा, गीता चौधरी, कमल राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०६३ साल माघ २७ गते स्थापना भएको सङ्घको केन्द्रीय सम्मेलन फागुन १८ गते रुपन्देहीमा हुने निर्णय भएको सङ्घका केन्द्रीय महासचिव खुशीराम चौधरीले जानकारी दिनुभयो । सङ्घको उपत्यकासहित थारु बहुल २४ जिल्लामा शाखा रहेको सङ्घले जनाएको छ । एमाले निकट मानिने संघमा देशभरका थारु समुदायको प्रतिनिधित्व रहेको छ ।