• ७ पुस २०८२, सोमबार

पुनर्निर्माणको माग गर्दै आन्दोलन जारी

blog

तस्बिर :कोकिला ढकाल पुनर्निर्माणको मागसहित इलाम चोकबजारमा आयोजित कोण सभा ।

इलाम समाचारदाता 

इलाम, पुस ७ गते । बाढीपहिरोपछि जिल्लाको मुख्य राजमार्ग तथा वैकल्पिक मार्ग र पुलमा ठुलो क्षति भए पनि सरकारले पुनर्निर्माण नगरेको भन्दै इलामवासीले थालेको आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका छन् । 

जिल्लास्थित सदरमुकाममा स्थानीयले आइतबार सिट्ठी जुलुस निकालेर कोण सभा गरेका छन् ।  गत असोज १८ गतेको बाढीपहिरोबाट इलामका सडक, पुल, खानेपानी, कृषि, सिँचाइ, जलविद्युत्सहित सर्वसाधारणका घरमा क्षति पुुग्दा करिब १२ अर्ब रुपियाँभन्दा बढीको क्षति भएको थियो । 

क्षतिपछि वर्तमान मन्त्रीपरिषद्को बैठकले इलामलाई तीन महिनाका लागि विपत् सङ्कटग्रस्त जिल्ला घोषणाको निर्णय गरेको थियो । सङ्कटग्रस्त जिल्ला घोषणाको तीन महिना पुुग्न लाग्दा पनि पुनर्निर्माणका लागि पेस गरिएका योजना सरकारले फर्काइदिएपछि जिल्लावासी आन्दोलित छन् । यता सडक डिभिजन प्रमुख पवन भट्टराईले पुनर्निर्माणका लागि सबै योजनाको फाइल तयार गरेर मन्त्रालय र विभागमा पठाइएको भए पनि निर्वाचनमा रकम खर्च गर्नुपर्ने कारण पुनर्निर्माण गर्न नसकिने माथिबाट पत्र आएको बताउनुुभयो । अति आवश्यक योजनाको मात्र फाइल पठाउन पनि भनिएकाले ७५ करोड रुपियाँको योजना पुनः पठाइएको भट्टराईले जानकारी दिनुुभयो । डिभिजन कार्यालयले यसअघि सडक र बाढीले बगाएका पुल निर्माणका लागि सात अर्ब रुपियाँको योजना पेस गरेको जनाएको छ । 

यता जिल्लास्थित सरोकारवाला कार्यालयले आआफ्नो विभागमा विपत् र पुुनर्निर्माणका लागि तथ्याङ्कसहितको योजना पठाए पनि ती योजना मन्त्रालयसम्म नपुुगेको पाइएको नेपाल पत्रकार महासङ्घ इलामका पूूर्वसभापति सोमनाथ सुुसेलीले बताउनुुभयो । आइतबार आयोजित सिट्ठी जुुलुुसको कोण सभालाई सम्बोधन गर्दै सुुसेलीले इलामका कुुनै पनि फाइल सम्बन्धित मन्त्रालयसम्म नपुुगेको जानकारी आएको बताउनुुभयो । उहाँले भन्नुुभयो, “वर्तमान सरकारका मन्त्री कुलमान घिसिङले विपत्ग्रस्त क्षेत्र भ्रमण गरेर चाँडै पुुनर्निर्माण थाल्ने प्रतिबद्धता गरेर फर्कनुुभएको थियो । चालुु आर्थिक वर्षका लागि इलामलाई छुट्याएको बजेटसमेत वर्तमान सरकारले काटिदिएको छ । सङ्कटको अवस्थामा सरकारको गैरजिम्मेवारीपनप्रति इलामवासी चुप लागेर बस्ने अवस्था छैन ।” 

त्यसो त इलाम, पाँचथर र ताप्लेजुुङको लाइफलाइनका रूपमा रहेको मेची राजमार्ग आकासे वर्षा हुनासाथ बन्द हुुने अवस्थामा छ । राजमार्ग अन्तर्गत राजदुवालीस्थित माईखोलामाथि सडक पहिरोमाथि ट्र्याक खोलेर सुुक्खायामका लागि मात्र सञ्चालन गरिएको सडक डिभिजन प्रमुख भट्टराई बताउनुुहुन्छ । यस्तै वैकल्पिक मार्ग पनि वर्षा हुनासाथ सञ्चालन हुने अवस्था छैन । 

यसअघि असोज १८ को बाढीपहिरोपछि मेची राजमार्ग १२ दिन बन्द भएको थियो । यता आन्दोलनका व्रmममा सचेत इलामेली नागरिक समूहले इलामस्थित सडक डिभिजन कार्यालय प्रमुुखको कार्यकक्षमा गत बुधबारदेखि गरेको तालाबन्दी कायम नै रहेको छ ।