• १२ मंसिर २०८१, बुधबार

वैज्ञानिक कृषि प्रणाली अबको आवश्यकता

blog

चितवन समाचारदाता

चितवन, माघ २८ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले वैज्ञानिक कृषि प्रणाली अबको आवश्यकता भएको बताउनुभएको छ । 

चितवनको भरतपुरमा शुक्रबारदेखि सुरु भएको पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उहाँले नेपालको कृषि क्षेत्रमा वैज्ञानिक कृषि प्रणाली आवश्यक भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, “परम्परागत कृषिबाट हामीले उत्पादन वृद्धि गर्न सक्दैनौँ । त्यसैले आधुनिक प्रविधिको प्रयोग अहिलेको आवश्यकता हो ।”

निर्वाहमुखी खेतीलाई विस्थापित गरेर प्रविधि र वैज्ञानिक कृषि प्रणाली उन्मुख सरकार रहेको बताउनुभयो । किसानलाई अनुदान दिएर, सहुलियतमा ऋण दिएर पनि प्रोत्साहन दिएको मन्त्री साहले भन्नुभयो । 

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिको संयुक्त आयोजनामा भएको कार्यक्रममा मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहा, वीरगञ्जस्थित भारतको कन्सुलर जनरल कार्यालयका प्रमुख नीतेश कुमारलगायतले प्रदर्शनीको बारेमा मन्तव्य राख्नुभएको थियो । प्रदर्शनीको उद्घाटनपछि आयोजित अलग्गै कार्यक्रममा मन्त्री साहले उद्योगीको समस्याका बारेमा जानकारी लिनुभएको थियो ।