मैनालीका तीन कृति सार्वजनिक
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकूलपति तथा वरिष्ठ मूर्तिकार ठाकुर प्रसाद मैनालीका तीन कृति सार्वजनिक गरिएको छ ।
पत्रकार महर्जनको निधन
सामुदायिक रेडियो तथा वातावरण पत्रकारितामार्फत वातावरण संरक्षणको अभियानमा क्रियाशील पत्रकार अष्टमान किसी महर्जनको निधन भएको छ ।
‘प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे कांग्रेस बाधक बन्दैन’
सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे पार्टी बाधक नबन्ने बताउनुभएको छ ।
अजरबैजान पठाउने भनी ६ लाख बढी ठगी गर्ने पक्राउ
प्रहरीले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाउने भनी ६ लाख ७७ हजार रुपियाँ लिई सम्पर्कविहीन रहेका हरि कुमार दाहाललाई पक्राउ गरेको छ ।
गभर्नरको योग्यतालाई लिएर सर्वोच्चमा रिट
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
विपद् व्यवस्थापनका लागि एक लाख बढी स्वयंसेवक तयार
सरकारले विपद् व्यवस्थापन पूर्वतयारी, खोज, उद्धार, राहत र पुनः स्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीयस्तरमा एक लाख चार सय ४६ स्वयंसेवक तयार गरेको जनाएको छ ।
बालकुमारीमा नेकपा एसको केन्द्रीय कमिटी बैठक
नेकपा (एकीकृत समाजवादी) बैठकको सातौँ केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नुभएको छ ।
मजदुरले ज्याला बापतको रकम पाएनन्
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–८ घर्तीछापमा निर्माण भएको तीन वर्ष पुग्दा पनि स्वास्थ्य चौकी निर्माण गर्ने मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् ।
घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधनतर्फ प्रयत्नरत छु : मन्त्री श्रेष्ठ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधन गर्नेतर्फ मन्त्रालय प्रयत्नरत रहेको बताउनुभएको छ ।
एनसेल खरिद–बिक्रीको अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताउनुभएको छ ।
मानवीय त्रुटिका कारण यति एयरलाइन्सको विमान दुर्घटना : प्रतिवेदन
गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।
दोलखा महोत्सवको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने
दोलखा महोत्सवको तयारी पूरा भएको छ । दोलखा उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रङ्गशालामा १० दिने वृहत् दोलखा महोत्सवको तयारी गरिएको आयोजकले जनाएको छ।
युवा लक्षित स्टार्टअप बिजनेसलाई प्राथमिकता दिनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूका निम्ति स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभएको छ । बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो ।
ल्याण्डफिल्ड साइट क्वान्द्रे खोल्सी व्यवस्थित गरिँदै
सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले फोहोर विसर्जन गर्ने स्थल ल्याण्डफिल्ड साइट क्वान्द्रे खोल्सीलाई व्यवस्थित गर्न सुरु गरेको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा दैनिक उत्पादन हुने फोहोर जथाभाबी विसर्जन गर्दा कमलामाई नगरपालिका–५ स्थित क्वान्द्रे खोल्सी कुरूप बन्दै गएपछि त्यसलाई व्यवस्थित गर्न लागिएको नगरपालिकाले जनाएको हो ।
देवघाटधाम क्षेत्रको सरसफाइ
पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द यूथ ‘वे’ ग्रुपका युवाले छ हप्तादेखि देवघाट क्षेत्रको नियमित सरसफाइ गरेका हुन् । उनीहरूले आठ वर्षदेखि नियमितरुपमा भरतपुरमा सरसफाइ गर्दै आएका छन् ।
प्रधानमन्त्रीको सङ्कल्प, ‘सम्बोधन अक्षरशः लागू गरिन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत मङ्गलबार राष्ट्रका नाममा गरिएको सम्बोधन नेपाल सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरशः लागू गरिने बताउनुभएको छ ।
राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
मानव सेवा आश्रममा आश्रित दुईको मृत्यु
मकवानपुरको हेटौँडा-९ मयूरधापमा रहेको मानव सेवा आश्रममा आश्रित दुई जनाको मृत्यु भएको छ ।
सङ्घीयता कार्यान्वयनको सुरुवात सन्तोषजनक छ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टलले सङ्घीयता कार्यान्वयनको सुरुवात सन्तोषजनक रहेको बताउनुभएको छ ।
वैतेश्वरका ग्रामीण सडक धमाधम ढलान हुँदै
जिल्लाको वैतेश्वर गाउँपालिकाभित्रका मुख्य ग्रामीण सडक धमाधम ढलान गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ र ४ लाई जोड्ने मुख्य ग्रामीण सडक ज्यामिरे बगर सडक र वडा नम्बर–६ को नाम्दु घिमिरेटार सडकको पहिलो चरणको ढलान गर्ने कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।
जाडोमा बालबालिकालाई 'रोटा भाइरस'बाट कसरी बचाउने?
विश्वमा रोटा भाइरसको सङ्क्रमणबाट बर्सेनि झन्डै साढे चार लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।
नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट बालकुमारीमा सुरु हुनेछ । आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुनेछ । बैठक बुधवारबाट सुरु भएको हो ।
काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै
सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुनेछ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । बुधवार जाहेरी पक्षका वकिलहरूले बहस सकेसँगै आज बिहीबार सन्दीप पक्षका वकिलको बहस हुनेछ । वादी नेपाल सरकार जाहेरीवालाको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका छन् ।