सुनकोशीमा बेपत्ता बालबालिकाको खोजी कार्य जारी
उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराएका तीन बालबालिका अझै फेला परेका छैनन् ।
कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत
कांग्रेस कांग्रेस संसदीय दल राष्ट्रियसभाका प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत हुनुभएको छ ।
सभ्य बन्दै होली
बाटोमा हिँड्दै गर्दा अचानक छातीमा लोला प्रहार भयो । कोटेश्वरकी भावना खड्कालाई त्यो प्रहारले केहीबेर निकै पीडा दियो ।
गुरुङ समुदायले मनाए मेँ त्हँले
गुरुङ समुदायले मेँ त्हँले (धनुष वाण विद्या) पर्व मनाएका छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त गरेको दिनका रूपमा मेँ त्हँले (धनुष वाण विद्या) पर्व आइतबार विभिन्न कार्यक्रम गरी देशभरका गुरुङ समुदायले मनाएका हुन् ।
सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैङ्कलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लाई आग्रह गर्नुभएको छ ।
९८ प्रकारका औषधीको विवरण पेस गर्न विभागको अनुरोध
औषधी व्यवस्था विभागले सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका औषधीको विवरण पेस गर्न अनुरोध गरेको छ ।
दुई करोड लगानीमा खानेपानी आयोजना
बाह्रबिसे नगरपालिका–९ राम्चेमा दुई करोड रुपियाँ लगानीमा बृहत् खानेपानी आयोजना सम्पन्न भएको छ । खानेपानी तथा स्रोत परिचालन व्यवस्थापन समिति राम्चेको पहलमा सो खानेपानी आयोजनाबाट १ सय ७० घरधुरी स्वच्छ र सफा खानेपानीबाट लाभान्वित भएका हुन् ।
फोटो प्रदर्शनीले चीनको प्राकृतिक सुन्दरको उजागर : उपसभामुख रानामगर
गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फोटो पत्रकार समाज र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको सहकार्यमा पाटन दरबार सङ्ग्रहालयमा आज भएको फोटो प्रदर्शनीले त्यहाँको कला, संस्कृति र सभ्यताका साथै प्राकृतिक सुन्दरता उजागर गरेको बताउनुभयो ।
होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे
होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो ।
रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण अलपत्र
ललितपुरको बुंगमतीस्थित रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणको कार्य आठ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । २०७२ को भूकम्पले क्षतिग्रस्त मन्दिरको पुननिर्माणको कार्य सोही वर्ष माघमा शिलान्यास गरी प्रारम्भ भएको थियो । तर मन्दिरको पुनर्निर्माणको कार्य अलपत्र बनेको छ ।
जाँगरले भरिएका पाखुराहरु
हसिलो मुहार अनि जोसिलो व्यवहार । उमेरले नौ दशक टेक्नुभएकी गणेशमाया नेवार्नीको मूल स्वाभाव हो । पाटन निवासी उहाँँलाई देख्नेहरु झुकिन्छन् । किनकी उहाँँको कर्मप्रतिको सक्रियताले उमेरै छोपिदिन्छ । उहाँ‘ भन्नुहुन्छ, “सकुञ्जेल कामै गर्ने हो, मागेर खाने बानी छैन ।”
शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताउनुभएको छ ।
राम्चेवासीले पाए खानेपानी
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९, राम्चेमा दुई करोड रुपियाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको छ । उक्त खानेपानी आयोजनाबाट १७० घरधुरी खानेपानी सुविधाबाट लाभान्वित भएका छन् । खानेपानी तथा
खुम्चियो कृषि उत्पादन
नुवाकोटमा कृषि उत्पादनमा ह्रास आएको छ । पछिल्लो समय युवा सहज र सुविधायुक्त जीवनयापनको लालसाले बिदेसिने व्रmम बढेसँगै ग्रामीण बस्ती उराठ देखिन थालेको छ । यसका कारण ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने परम्परागत कृषि क्षेत्र खुम्चिनुका साथै खाद्य प्रणालीमा असर परेको छ ।
तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताउनुभएको हो । यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गर्नुभयो ।
तीन झोलुङ्गे पुल निर्माण
‘कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपाल’ नामको गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा दोलखाको बिगु र गौरीशङ्कर गाउँपालिकामा करिब चार करोड रुपियाँको लगानीमा तीन वटा झोलुङ्गे पुल र ७५ लाख रुपियाँभन्दा बढीको लगानीमा दुई वटा खानेपानी योजना निर्माण भएका छन् ।
सुनकोसीमा बेपत्ता बालबालिका खोज्न गोताखोर परिचालन
आइतबार होली खेल्ने क्रममा सुनकोसी नदिमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।
गुराँसले जङ्गल ढकमक्क
दोलखाका वनमा अहिले ढकमक्क गुराँस फुलेर जङ्गल राताम्मे भएको छ । जिल्लाको माथिल्लो भूभाग, शैलुङ, कालिञ्चोक, जिरी, बोचलगायतका क्षेत्रमा वनभरि लालीगुराँस फुलेपछि गाउँबस्ती नै सुन्दर देखिएको छ ।
न मन्त्रीपरिषद् विस्तार न त विश्वासको मतकै टुङ्गो
केन्द्रमा सत्ता समीकरणपछि बागमती प्रदेश सरकारमा रहेको नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको तीन साता पुग्न लागेको छ तर छ जना मन्त्रीको राजीनामापछि सरकारलाई पूर्णता दिन न सरकार विस्तार हुन सकेको छ न त सरकारले विश्वासको मत लिनेबारेमा टुङ्गो नै लाग्न सकेको छ ।
साँगा–धुलिखेल सडक : खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो ।
ढोलाहिटीमा दुईजनाको हत्या, १८ जना प्रहरी नियन्त्रणमा
राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिनुभयो । “राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो ।
उपत्यकामा होली शान्तिपूर्णः नियम उलङ्घन गर्ने ७६ जना पक्राउ
होलीको मनाउने क्रममा जथाभावी रङ दल्ने तथा नियम उलङ्घन गरी सवारी चलाउने र होहल्का गरेको आरोपमा काठमाडौं उपत्यकाबाट ७६ जना पक्राउ परेका छन्।
प्रेम र यौनको प्रतीकसँग जोडिएको भक्तपुरको फरक होली
‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आँको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीतहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका छन् ।
लामिछानेको राजीनामा माग्नु राजनीतिक पूर्वाग्रही : नेता ज्ञवाली
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली काँग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाउनुभएको छ ।