• १२ साउन २०८१, शनिबार

सुनकोशीमा बेपत्ता बालबालिकाको खोजी कार्य जारी

blog

उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन बालबालिका खोज्दै सशस्त्र प्रहरीको गोताखोर टोली । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट, चैत १२ गते । उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराएका तीन बालबालिका अझै फेला परेका छैनन् । आइतबार होली खेलेर कोशीमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका उनीहरुको खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ । 

स्थानीय साउने माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय रेखा मगर, कक्षा ४ मा अध्ययनरत ९ वर्षीय रिदम मगर र कक्षा ५ मा अध्ययनरत १२ वर्षीय लोकबहादुर मगरको खोजी गर्न गोताखोरको टोली परिचालन गरिएको हो । बालबालिकाको खोजतलास गर्न सशस्त्र प्रहरी बल नम्बर १ वाराह बाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको साउनेस्थित चौकीबाट ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

बिहान ११ बजेदेखि गोताखोरको टोलीले बालबालिका बेपत्ता भएको स्थानदेखि तलतिरको क्षेत्रमा पानी मुनी गएर खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरीनन्दन चौधरीले बताउनुभयो । कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई बालबालिका बेपत्ता भएको घटना स्थलमा पुगेर उनीहरूको खोजी कार्यमा के कस्तो भइरहेको छ भन्ने कुराको जानकारी लिनु भएको छ । 

यो पनि पढ्नुहोस

बेपत्ता बालबालिकाहरूको निरन्तर खोजी कार्य भइरहेको तर अहिलेसम्म उनीहरूलाई फेला पार्न नसकिएको गोताखेर टोलीका कमाण्डर सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेले बताउनुभयो ।