लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका उपाध्यक्षलाई निमन्त्रणा
अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गर्नुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीन भ्रमणलाई फलदायी बनाउन उच्च पदस्थ अधिकारीसँग छलफल
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आसन्न जनवादी गणतन्त्र चीन भ्रमणलाई फलदायी बनाउन आज विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गर्नुभएको छ ।
राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्त्वपूर्ण योगदान
कृषि तथा पशुपन्क्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
चितवनमा देखिन थाल्यो डेंगु
बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या एघार हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत ९ गते शुक्रबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार २९५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
मस्कोमा आतङ्कवादी हमलामा मारिएका नागरिकको निधनप्रति दुःख व्यक्त
नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ ।
‘चलचित्रकर्मीको आवाज सुनाउन राजनीतिमा लागेँ’
तीर्थबहादुर थापा अभिनेतासँगै निर्देशक र निर्माताका रूपमा परिचित हुनुहुन्छ । उहाँले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जली’ लगायतका चलचित्र निर्देशन गर्नुभएको थियो । तर थापा विगत १८ वर्षदेखि भने यस कर्मबाट टाढा हुनुहुन्छ ।
भारतीय राजदूतावासले मनायो ५९ औँ ‘आइटेक’ दिवस
भारतीय राजदूतावासले ५९ औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । शुक्रबार भएको कार्यक्रममा एम्सका पूर्वविद्यार्थी एवम् नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विकास र शिक्षाको क्षेत्रमा भारत-नेपालबिचको सहकार्यलाई अघि बढाउने विषयमा आफ्नो अनुभव र विचार सुनाउनुभएको थियो ।
‘होलीमा मोबिल दल्नु संस्कृति होइन’
त्रिभुवन विश्वविद्यालयका नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. सोमप्रसाद खतिवडाले होली पर्वमा मोबिल दल्नु सांस्कृतिक पक्षभित्र नपर्ने बताउनुभएको छ ।
हेटौडाको चुरियामाई मन्दिर (फोटो फिचर)
मकवानपुरको हेटौडा उपमहानगरपालिका हेटौडा बजारदेखि करिब १३ किमी दक्षिण तर्फ अर्थात् वीरगन्ज जाने पूर्वपश्चिम राजमार्गको बायाँ तर्फ चुरे पहाडको फेदीमा यो प्रख्यात चुरियामाईको मन्दिर अवस्थित रहेको छ। यो मन्दिर चुरे पहाडमा भएकोले यस देवीलाई चुरेमाई अर्थात् चुरियामाई भन्ने गरिएको छ।
उपत्यकामा होली पर्वको बेग्लै रौनक
गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि काठमाडौं उपत्यकामा होली पर्व प्रारम्भ हुन्छ । गत आइतबार बिहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा चीर ठड्याइएको थियो । फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ ।
होलीमा नौ सय प्रहरी परिचालन, ९० स्थानमा चेकजाँच
होलीलाई दुर्घटना रहित बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने जनाएको छ ।
पूर्वाधार विकासलाई प्राथमिकता दिएका छौँ
नगरपालिकामा २० वटा शाखा छन् । जनप्रतिनिधिको नेतृत्व र अनुगमनमा ती शाखाले सेवा प्रवाह र विकास निर्माणको काम निरन्तर गरिरहेका छन् । यस अवधिमा ११ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । १० किलोमिटर सडक ढलान, १
गजुर नभएको वज्रवाराही
ललितपुरको लगनखेल बसपार्कबाट आठ किलोमिटर दुरीमा गोदावरी–११, चापागाउँमा वज्रवाराही मन्दिर छ । यही मन्दिर रहेको क्षेत्र चापागाउँ लिच्छविकालीन बस्ती मानिन्छ । ‘चम्पापुर’ नामबाट पनि प्रसिद्ध यो बस्ती अझै अस्तित्वमा रहेको यहाँका मठमन्दिरबाटै प्रस्ट हुन्छ । ऐतिहासिक महìव बोकेका यी सम्पदासँग स्थानीय रहनसहन, कला, संस्कृति र परम्पराको प्रत्यक्ष सम्बन्ध छ ।
नयाँ सत्ता समीकरणको ध्येय समाजवादी मोर्चा बनाउनु होइन : महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी [एमाले] का महासचिव शङ्कर पोखरेलले अहिले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा बनाउने उद्देश्यले नबनेको स्पष्ट पार्नुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ भोली चीन जानुहुँदै
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।
बाह्र देशका कृषि वैज्ञानिक पनौतीमा
एसिया प्यासिफिक रिजनका सदस्य राष्ट्रका कृषि वैज्ञानिक तथा कृषिविज्ञले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा सञ्चालित जैविक विषादी प्रयोगशाला तथा पनौती क्षेत्रमा लगाइएको आलु खेतीको अवलोकन गरेका छन् । एसिया प्यासिफिक प्लान्ट क्वारेन्टाइन कमिसन तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र काठमाडौँको संयुक्त आयोजनामा भएको जैविक विषादी व्यवस्थापनसम्बन्धी तालिमका सहभागीले पनौतीमा भएको जैविक विषादी प्रयोगशालाको अवलोकन गरेका हुन् ।
‘जनगणनामा अपाङ्गता भएकाहरुको तथ्याङ्क आउनु सकारात्मक’
राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक तथा उपसचिव ढुण्डिराज लामिछानेले अपाङ्गता भएकाहरूको तथ्याङ्क जनगणनामा आउन थालेपछि सो समुदायको सशक्तीकरणमा सहयोग पुगेको बताउनुभएको छ ।
मेडिकल काउन्सिलका पदाधिकारीसँग गृहमन्त्रीको परामर्श
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्ति बढेको भन्दै उहाँले सो छलफल गर्नुभएको हो ।
लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकार लगानीमैत्री वातावरण बनाउन लागिपरेको बताउनुभएको छ ।
नेपाल ट्रष्टको दियालो बङ्गला सञ्चालनको जिम्मा भरतपुर महानगरलाई
भरतपुर महानगरपालिका-१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरले लिएको छ । नेपाल ट्रष्ट र महानगरबिच एक सम्झौता गरी सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरले लिएको हो ।
अर्थमन्त्रीसँग कोरियाली राजदूतको शिष्टाचार भेट
नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
‘समितिका निर्देशन कार्यान्वयनको अवस्थाबारे अनुगमन आवश्यक’
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हालसम्म सरकारलाई दिएका निर्देशन कार्यान्वयन भए वा नभएकोबारे अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्री भण्डारीलाई चेम्बरको आग्रह
पाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रर्वद्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ ।
‘एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ’
नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा(एमाले) नआए पनि मोर्चा कायम रहने बताउनुभएको छ । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा(एमाले) सहभागि नभएपनि मोर्चा कायम रहने बताउनुभएको हो ।