होलीमा विशेष सुरक्षा योजनाः उपत्यकामा ड्रोनबाट निगरानी
नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मङ्गलबारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ ।
वसन्तपुरमा होलीको उमङ्ग (फोटो फिचर)
रङ्गहरूको पर्व होली आइतबार काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा मनाइँदैछ । काठमाडौंको वसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ ।
होलीमा रमाउँदै विदेशी पर्यटक (फोटो फिचर)
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने होली पर्व आज काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ सर्वसाधारणहरू एक आपसमा रङ्ग, अबिर लगाउने र नाच गान गरेर मनाइरहेका छन् ।
काठमाडौँमा आज पानी पर्ने सम्भावना
आइतबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भई पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
एमाले सचिवालय बैठक सुरु
नेकपा (एमाले) का नेताहरूले होली मनाएका छन् । नेताहरूले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नुअघि एकअर्कामा रङ्ग दलेर खुसी साटासाट गरेका हुन् ।
वसन्तपुरमा होलीको चहलपहल सुरु, चीर पूजा गर्नेको भिड
वसन्तपुरमा होलीको चहलपहल सुरु भएको छ ।
स्ट्रबेरीसँग रमाउँदै सर्वसाधारण
चितवनको भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी फार्ममा आफैँ टिपेर खान र फोटो खिच्न आएका सर्वसाधारण ।
फौजी किरा नियन्त्रण गर्ने प्रविधि नार्कमा अलपत्र
मकैदेखि विभिन्न बालीमा क्षति पुर्याउँदै आएको अमेरिकी फौजी किरा नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले नयाँ प्रविधि पत्ता लगाएका छन्, तर त्यो प्रविधि अलपत्र अवस्थामा छ । गाडीका इन्जिनमा प्रयोग हुने ग्रिज मकै बालीमा प्रयोगमा ल्याएपछि फौजी किरालाई नियन्त्रण गर्न सकिने प्रविधिको विकास गरेका नार्कका वैज्ञानिक डा. उज्ज्वल कुशवाहाले बताउनुभयो । फौजी किरा नियन्त्रणका लागि वैज्ञानिक कुशवाहाले विगत चार वर्षदेखि अनुसन्धान गरी त्यसमा सफल हुनुभयो तर नार्कले हालसम्म त्यसलाई मान्यता दिएको छैन ।
होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
होली शालीनता, मेलमिलाप र आत्मीयता अभिवृद्धिको पर्व : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागु पूर्णिमा [होली]को अवसरमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने महान् अवसरका रूपमा सबैले यसलाई उपयोग गर्न आह्वान गर्नुभएको छ ।
संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्नुपर्छः पूर्वराष्ट्रपति विद्यादेवी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होलीपर्व)मा मौलितकतालाई जोगाउन आह्वान गर्नुभएको छ । उहाँले होलीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गर्दै संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नपर्नेमा जोड दिनुभएको हो ।
होलीपर्वले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा ९होलीपर्व०ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
चाडबाडलाई समृद्ध बनाउँदै जीवित राख्ने दायित्व हाम्रो हो : सभामुख घिमिरे
सभामुख देवराज घिमिरले हामीसँग परम्परागत तथा मौलिक चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व भएकाले चाडबाडका नाममा हुने गलत प्रवृत्तिहरूलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अढाई सय सहकारीविरुद्ध उजुरी
सहकारी संस्थामा सञ्चालकको आन्तरिक विवादसँगै आर्थिक अपचलन बढ्दै गएपछि सहकारी संस्थाविरुद्ध उजुरी दिने क्रम बढ्दो छ । सहकारीले बचत फिर्ता नदिएको, आर्थिक हिनामिना भएको भन्दै बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा चालु आर्थिक वर्षको हालसम्ममा २५५ वटा उजुरी दर्ता भएको छ ।
उद्योगमन्त्री भण्डारी र बङ्गलादेशका राज्यमन्त्रीबिच शिष्टाचार भेट
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बङ्गलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीबिच दुई पक्षीय हितका विषयमा काठमाडौँमा आज शिष्टाचार भेट भएको छ।
रुपेशलाई बुद्धिचाल उपाधि
महालक्ष्मी नगरपालिका वडा नं. ९ को आयोजनामा संचालन भएको प्रथम वडा अध्यक्ष कप रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेस जैसवालले जित्नुभएको छ ।
एनभिए भलिबल : हेल्प नेपाल र एभरेष्ट च्याम्पियन
टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लबले आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । हेल्प नेपाल पुरुष र एभरेष्ट महिलामा च्याम्पियन बनेको हो ।
सञ्चारमाध्यममा दलित सहभागिता न्यून
सञ्चार माध्यममा दलित समुदायको सहभागिता वृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जागरण मिडिया सेन्टरद्वारा शनिबार आयोजित आमसञ्चारमा दलित सवाल र समावेशीकरण विषयक अन्तरक्रियामा मिडियामा दलित सहभागिता दुई प्रतिशत मात्र भएको अध्ययन प्रतिवेदनले देखाएको हो ।
खेल क्षेत्रको विकासका लागि सोमबारबाट एक्सन लिन्छु
युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले खेल क्षेत्रसँग सम्बन्धित नियुक्ति स्वस्फुर्त र निष्पक्ष हुने बताउनुभएको छ।
चक्रपथ दोस्रो खण्ड विस्तार : चिनियाँ पक्षको ‘कूटनीतिक नोट’
चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत कलंकी–बसुन्धरा सडकखण्डको विस्तारका लागि चिनियाँ पक्षले सकारात्मक चासोसहित कुटनीतिक (डिप्लोमेटिक) नोट पठाएको छ ।
तीन दिनसम्म हल्का पानी पर्ने
आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेभएको छ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालले बताउनुभयो ।
सीमान्तकृत बालिकाको अधिकारलाई मूल प्रवाहीकरणमा ल्याउन जोड
सीमान्तकृत बालिकाको अधिकारलाई मूल प्रवाहीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
अन्तरलिङ्गी विविधता भएका व्यक्तिबारे समाज नै अलमलमा
जनचेतनाको कमीका कारण अन्तरलिङ्गी विविधता भएका व्यक्तिबारे अभिभावक, समाज नै अलमलमै रहेकाले मानवअधिकारको हनन भइरहेको छ ।
चन्द्रग्रहण लाग्दै, नेपालबाट नदेखिने
फागुन महिनाको शुक्लपक्षको पूर्णिमा अर्थात् सोमबार (पर्सी) सन् २०२४ को पहिलो चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण बिहान १०ः३८ बाट सुरु भएर दिउँसो ३ः१७ बजेसम्म रहनेछ ।