• १५ वैशाख २०८१, शनिबार

एनभिए भलिबल : हेल्प नेपाल र एभरेष्ट च्याम्पियन

blog

आर्मीलाई हराएपछि हेल्प नेपालका खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौँ, चैत १० गते । टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लबले आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । हेल्प नेपाल पुरुष र एभरेष्ट महिलामा च्याम्पियन बनेको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा पुरुषतर्फ हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३२ को सेटमा हरायो । हेल्प नेपालले आर्मीमाथि २०–२५, २७–२५, २३–२५, २९–२७, २२–२० को प्रतिस्पर्धात्मक जित निाल्दै उपाधि चुमेको हो । हेल्प नेपालको यो लगातार दोस्रो उपाधि हो । 

यसैगरी महिलातर्फ एभरेस्ट भलिबल क्लबले विभागीय अर्को टोली नेपाल पुलिस क्लबलाई ३१ को सेटमा हरायो । एभरेष्टले पहिलो पटक उपाधि चुमेको हो । पुनरागमन जित निकालेको एभरेष्टले पुलिसमाथि १९२५, २५२२, २५१८, २५ को नतिजा निकालेको थियो । पुरुष र महिलातर्फ उपाधि विजेताले पाँच लाख रुपियाँ पुरस्कार पायो । उपविजेतालाई दुई लाख रुपियाँ प्रदान गरियो । 

यस्तै महिलातर्फ एपिएफ क्लब र पुरुषतर्फ नेपाल पुलिसले तेस्रो भयो । एपिएफले न्यु डायमन्डलाई ३–१ को सेटमा हराएको थियो । एपिएफले २५२२, २३२५, २५१४, २५२१ को नतिजा निकालेको थियो । पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले गण्डकीमाथि २५१६, २५२०, २९२७ को जित निकालेको हो । 

पुरुष र महिला दुवैतर्फ तेस्रो हुनेलाई एक लाख २५ हजार रुपियाँ पुरस्कार प्रदान गरियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ लगायतले पुरस्कार प्रदान गर्नुभयो । 

नेपाल भलिबल सङ्घले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा सात टोलीको सहभागिता रहेको थियो ।