नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत
पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै गएको छ । कुनै देशको सरकारले आवासीय राजदूत नभएका मुलुकका प्रतिष्ठित व्यापारीलाई मनोनीत गरेपछि सम्बन्धित देशको सरकारले स्वीकृत दिएपछि अवैतनिक वाणिज्यदूत नियुक्ति हुने प्रावधान छ । परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार हाल नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत रहेका छन् ।
दूरसञ्चार प्राधिकरणका दुई अध्यक्षसहित १९ जनाविरुद्ध ९१ करोडको भ्रष्टाचार मुद्दा
नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मन्त्री चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेट
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट भएको छ ।
सहयोगका लागि क्यान्सर पीडितको अपिल
ब्लड क्यान्सर पीडित विमला मिश्र पोखरेलले आर्थिक सहयोगका लागि अपिल गर्नुभएको छ ।
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ ।
धुलिखेल ‘स्मार्ट नगर’ : नागरिकलाई घरबाटै सेवा
‘स्मार्ट नगर’उन्मुख पर्यटकीय नगर धुलिखेलका स्थानीयले नगरका सेवा घरबाटै लिन थालेका छन् । नगरपालिका कार्यालयले सूचना, सञ्चार तथा प्रविधि (आइसिटी)मा आधारित सेवा प्रवाह गरी नागरिकलाई घरबाटै सेवा दिलाउन थालेको छ ।
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आउनुभएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी हुनुहुन्छ ।
टरवाइनको परीक्षण अन्तिम चरणमा
स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण शुभारम्भ गरिएको एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले निर्माण गरेका सुरूङलगायत सबै संरचना सफलतापूर्वक परीक्षणपश्चात विद्युत् उत्पादन गर्ने उपकरण रनर धुमाइ परीक्षण कार्य अन्तिम चरणमा पुगेको हो ।
स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले समावेशी र लैङ्गिकमैत्री बजेट ल्याउनुपर्ने बताउनुभएको छ ।
भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु
नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आउनुभएकी पाठक बिहान ६ बजे उठेर कलेज पढाउन जाने तरखरमा हुनुहुन्थ्यो । एकबिहानै सुलोचनाका देवरले फोन गर्नुभयो ।
साहित्यका पारखी बालकृष्ण
“तिम्रो नाममा पहिलोपल्ट पत्र कोर्दै र्छु, पत्रको उत्तर नआए काँचुली फेर्दैछु”, सहित्यकार वालकृष्ण थपलिया (प्रयत्न) को ‘हृदयका पानाहरु’ नामक गजल सङ्ग्रहबाट लिइएका यी हरफहरुले सूचना प्रविधिको अत्याधुनिक विकास हुुनुअघि पत्र लेख्ने समयको स्मरण गराउँछन् ।
तस्बिरमा एसइई
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर परीक्षा सञ्चालन भएको छ ।
तोलामा एक हजार एक सयले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा रु एक लाख २७ हजार नौ सय तोकिएको छ ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
तनहुँको बन्दिपुरमा सबैभन्दा धेरै वर्षा
काठमाडौँ उपत्यका सहित तीन प्रदेशमा अहिले वर्षा भइरहेको छ ।अन्य प्रदेशको मौसम आंशिक बदली भएको छ । मौसम विज्ञान विभााग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसरा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बागमती, गण्डकी र कोशी प्रदेशमा वर्षा भइरहेको छ ।
गरिबको परिचयपत्र छ तर सुविधा छैन
देशका अधिकांश जिल्लाहरुमा गरिब घरपरिवार परिचयपत्र वितरण भएको वर्षौ बितिसक्दा पनि उनीहरुले के सेवा, सुविधा पाउने हो भन्ने विषय टुङ्गो लागेको छैन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार देशभरका ४९ जिल्लाका गरिब घरपरिवार पहिचान गरी प्रमाणपत्र वितरण भइसकेको छ ।
चिकित्सकको निगरानीमा नेता रायमाझीको उपचार हुँदै
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उहाँलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो ।
गौरवको आयोजना क्षेत्रका घरटहरा हटाइँदै
सर्वोच्च अदालतको फैसलासँगै राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक अन्तर्गत ढुङ्गे क्षेत्रका सडक सीमाभित्र बनेका घरटहरा हटाउने कार्य सुरु भएको छ । मुआब्जासम्बन्धी मुद्दामा गत वर्ष पुसमा सर्वोच्चद्वारा जारी फैसला तथा आदेशको कार्यान्वयनको क्रममा सडक आयोजनाले स्थानीय तहसँगको समन्वयमा विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रका सडक केन्द्रबाट दायाँबायाँ १५र१५ मिटरभित्रका घरटहरा हटाउने कार्य सुरु गरेको विदुर नगरपालिका–१ का वडाध्यक्ष लेलिन रञ्जितले बताउनुभयो । आयोजना अन्तर्गत पहिलो चरणमा निर्माणाधीन गल्छी–त्रिशूली–मैलुङ खण्डको आठ किलोमिटर सहरी क्षेत्रका स्थानीय बासिन्दाले
सुरक्षित गर्भपतन: कानुनले मान्छ, समाजलाई कठिन
संविधान तथा यससँग सम्बन्धित थुप्रै कानुनले सुरक्षित गर्भपतन सेवालाई वैधानिकता दिए पनि समाजले भने अझै पनि सहज रूपमा ग्रहण गर्न सकेको छैन ।
आठ जना डिएसपी एसपीमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।
नारायणगढ मुग्लिन सडकमा दुर्घटना : आठ जना घाइते
नारायणगढ मुग्लिन सडकको रामनगरमा बिहीबार बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछाप जिल्लामा हुने भएको छ । रामेछापको पुरानो सदरमुकामसमेत रहेको रामेछाप नगरपालिका–८, रामेछाप बजारमा आगामी वैशाख ६, ७ र ८ गते तीन दिन ग्रामीण चलचित्र महोत्सव हुन लागेको हो । महोत्सवको आयोजक संस्था सेलिब्रेटी नेपालले बुधबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजना बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले तीन दिन हुने महोत्सवमा २४ वटाभन्दा बढी चलचित्र निःशुल्क प्रदर्शन गरिने बताउनुभयो ।
सेन्ट जेभियर्स र बूढानीलकण्ठ विद्यालयको भर्ना प्रक्रिया पारदर्शी बनाउन मन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गर्नुभएको छ । उहाँले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गर्नुभएको हो ।