हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले हरेक व्यवसायीलाई राज्यले उचित संरक्षण र प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।
‘जनसाङ्ख्यिक परिवर्तनको विश्लेषण गर्न जनसङ्ख्या अध्ययन अत्यावश्यक’
जनसङ्ख्याविद्ले बढ्दो जनसाङ्ख्यिक असन्तुलन र आप्रवासनका कारण भविष्यमा उत्पन्न हुने समस्या निराकरण गर्न जनगणनाका परिसूचकको वैज्ञानिक र व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् ।
नेप्से परिसूचकमा ओरालो यात्रा जारी
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १२ अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव १६ मा सीमित भएको छ ।
देवघाटमा मोटरबोट सञ्चालन
पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा मोटरबोट सञ्चालनमा ल्याइएको छ । धार्मिक पर्यटन प्रवर्द्धनका लागि यहाँ मोटरबोट सञ्चालनमा ल्याइएको हो ।
कोरोनाकालमा अनुदानमा आएका उपकरण प्रयोगमा आएनन्
कोरोना महामारीमा विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोग नै नभई थन्किएका छन् ।
आज उल्कावर्षा, खुला आँखाले हेर्न सकिने
आज 'भूतप' उल्कावर्षा हुने भएको छ । बिहीबार राति देखिने उल्का वर्षा उत्कृष्ट अवस्थामा पुग्ने भएकाले नेपालबाट पनि अवलोकन गर्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरीयम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ ।
बुढानीलकण्ठ नगरपालिकाद्वारा प्राधिकरणलाई दश लाख बक्यौता रकम प्रदान
बुढानीलकण्ठ नगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई दश लाख रुपियाँ विद्युत महसुल बापतको बक्यौता रकम प्रदान गरेको छ ।
चल्लाले मूल्य नपाएपछि चल्न सकेनन् ह्याचरी उद्योग
कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन् । लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन् ।
विद्यार्थीलाई न्यानो कपडा वितरण
पूर्वी मकवानपुरमा ९४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । राधा माधव समिति नेपाल अन्तर्गतको डिजाइन यूथ क्लब नेपाल मकवानपुरले बागमती गाउँपालिका–८ को भैरव प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको हो ।
गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण
गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गोरखा सदरमुकाममा आज एक कार्यक्रमका बिच ‘सम्भव छ नेपाल’ नामक एक गैरसरकारी संस्थाले स्थानीय तहहरूलाई एम्बुलेन्स उपलब्ध गराएको संस्थाका अध्यक्ष प्रेम खत्रीले जानकारी दिनुभयो ।
अमिल्दो ऐन संशोधन गर्न सरकारसँग माग
पार्टी प्यालेस र क्याटरिङ व्यवसाय सञ्चालनमा अवरोध गर्ने विभिन्न ऐन कानुन, नीतिहरू संशोधन गर्न सम्बद्ध व्यवसायीले माग गरेका छन् ।
शान्तिपूर्ण क्रान्ति जारी छ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताउनुभएको छ ।
राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताउनुभएको छ । सुनकोशी इन्द्रावती समाजद्वारा आज बिपी कोइराला लायन्स तथा अध्ययन केन्द्र महाराजगञ्जमा आयोजित ‘सम्मान एवम् प्रमाणपत्र वितरण’ कार्यक्रममा उहाँले विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप त्याग्नुपर्नेमा जोड दिनुभयो ।
निलम्बनमा परेका चिकित्सकलाई उचित न्याय प्रदान गर्न चिकित्सक सङ्घको माग
नेपाल चिकित्सक सङ्घले काठमाडौं मेडिकल कलेज (केएमसी) मा निलम्बनमा परेका चिकित्सकलाई उचित न्याय प्रदान गर्न माग गरेको छ ।
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबिच भेटवार्ता
परराष्ट्रमन्त्री एनपी साउदसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले भेटवार्ता गर्नुभएको छ ।
दुई पालिकामा समावेशी शिक्षा परियोजना
जिल्लाका दुईवटा पालिकामा रहेका एक सय ४७ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन गरिएको छ । ‘अटिजम’ भएका विद्यार्थीलाई लक्ष्य गर्दै भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा यो परियोजना सञ्चालन गरिएको हो ।
सोवा रिग्पा उपचार प्रणालीको विकास र विस्तारमा जोड
बुद्धकालीन उपचार पद्धतिका रूपमा हाल प्रचलनमा रहेको सोवा रिग्पा उपचार प्रणालीलाई सरकारी अस्पतालमा पनि विस्तार गर्न र यससम्बन्धी शिक्षालाई अन्य चिकित्सा जस्तै दर्ता गराउन सरोकारवाला निकायका प्रतिनिधि सहमत भएका छन् ।
बढी भाडा लिने शववाहन कारबाहीमा
रामेछापमा तोकिएभन्दा दोब्बर बढी भाडा असुल्ने शव वाहन कारबाहीमा परेको छ ।
पुनः बस्ने गरी सकियो सत्ता गठबन्धनको बैठक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताउनुभएको छ ।
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।
जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ
प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएको बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ‘एक्सरे मेसिन’ जडान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ ।
भारतका विदेशमन्त्री जयशङ्कर काठमाडौँ आइपुग्नुभयो
भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौँ आइपुग्नुभएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उहाँ नेपाल आउनुभएको हो ।
पश्चिम चितवन गाजरखेतीको ‘हब’
प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरुपमा रु १४ लाख लगानी गरेर भाडाको जग्गामा गाजरखेती गर्नुभएको हो ।