• ६ जेठ २०८१, आइतबार

बुढानीलकण्ठ नगरपालिकाद्वारा प्राधिकरणलाई दश लाख बक्यौता रकम प्रदान

blog

फाइल तस्बिर ।

काठमाडौं, पुस १९ गते । बुढानीलकण्ठ नगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई दश लाख रुपियाँ विद्युत महसुल बापतको बक्यौता रकम प्रदान गरेको छ ।

नगर कार्यपालिकाको कार्यालय, हात्तीगौडाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले नेपाल विद्युत प्राधिकरण, महाराजगन्ज वितरण केन्द्रको २०८० पुस ८ गते को पत्रअनुसार सडक बत्तीको रकम चेकमार्फत पठाइएको जानकारी दिनुभयो ।

प्राधिकरणले सडक बत्ती बापत २०६७ भदौ महिनादेखि २०८० मङ्सिरसम्मको बक्यौता रकम तीन करोड ११ लाख १५ हजार १०८ रुपियाँ को विवरण नगरपालिकालाई यसअघि पठाएको थियो ।

प्राधिकरणका अनुसार ऊर्जा मन्त्रालयको २०८० कात्तिक २४ गतेको पत्र बमोजिम नेपाल सरकार विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम तत् तत् निकायबाट असुल उपर गर्ने सहमति भए अनुसार गत कात्तिक २२ गते मन्त्रीस्तरको निर्णय अनुसार सो विवरण पठाइएको थियो ।