• १४ जेठ २०८१, सोमबार

आज उल्कावर्षा, खुला आँखाले हेर्न सकिने

blog

काठमाडौं, पुस १९ गते । आज 'भूतप' उल्कावर्षा हुने भएको छ । बिहीबार राति देखिने उल्का वर्षा उत्कृष्ट अवस्थामा पुग्ने भएकाले नेपालबाट पनि अवलोकन गर्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरीयम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ ।

विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार राति २ बजेदेखि बिहान सूर्योदय हुनुभन्दा अघिसम्म खुला आकाशमा अन्धकार स्थानबाट उल्कावर्षा देख्न सकिनेछ ।

निर्देशक शर्माले 'भूतप' उल्कावर्षा उत्तर पूर्वी भागमा देख्न सकिने जानकारी दिनुभयो । यसलाई खुला आँखाले हेर्न सकिनेछ ।

उल्कावर्षा प्रतिघण्टा ६० देखि १२० वटासम्म अवलोकन गर्न सकिनेछ  । तर सोही समयमा चन्द्रमा पनि आकाशमा देखिने भएकाले यसको प्रकाशले गर्दा उल्कावर्षा अवलोकन गर्न केही असहज हुने उहाँको भनाइ छ ।

उल्कावर्षा 'भूतप' तारामण्डल नजिक देखिने भएकाले सोही नामबाट यसलाई 'भूतप' उल्कावर्षा भनिएको हो ।

यो पनि पढ्नुहोस