राज्यका सबै निकायमा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोसाक लगाउने व्यवस्था गर्न सरकारले सोच बनाएको बताउनुभएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले तेस्राे पटक विश्वासको मत लिँदै
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुनः विश्वासको मत लिनु हुनेभएको छ।
सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन
जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् । कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार वि.सं.२०७९ मङ्सिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका निवेदन दर्ता गर्न थालिएको हो ।
लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल
आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने भएको छ । प्रदेशका आयोजनाका लागि छुट्टै स्टल राखिनेछ ।
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई पक्राउ गरेको हो ।
'आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडी बढेको बताउनुभएको छ ।
जुगल हिमाल आरोहणको तयारी
जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले जनाएको छ । आरोहण टोलीमा सात कोरियन र तीन नेपाली रहनेछन् ।
उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा लैजाने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
जिल्लाको उच्च लेकाली भेग हेलम्बुमा ‘हाइअल्टिच्युड भलिबल’ प्रतियोगिता हुने भएको छ । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा बागमती प्रदेशस्तरीय अन्तरपालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता हुने भएको हो । सो खेल हेलम्बुको पर्यटकीय स्थल सेर्माथाङमा हुनेछ ।
नेशनल हर्टिकल्चर एक्स्पो सुरू (फोटो फिचर)
काठमाडौं चैत्र १६ गते। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा शुक्रबारदेखि नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरू भएको छ। ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारासहित शुक्रबारदेखि एक्स्पो सुरू भएको छ।नर्सरी व्यवसायी सङ्घ, नेपालले आयोजना गरेको एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको ७०० भन्दा बढी प्रजातिका बोटविरूवाहरू प्रदर्शनी तथा विक्री वितरणमा राखिनुका साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, औजार उपकरण राखिएको छ ।एक्स्पोमा ७४ वटा व्यवसायिक स्टल, २ वटा फुड स्टल, ७ वटा अफिसियल , ५ वटा प्रतिस्पर्धी स्टलसहित जम्मा ८८ वटा स्टल छन्। नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञासु एवं अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णका लागि एक्स्पो बृहत् साझा मञ्च हुने आयोजकले बताएको छ । एक्स्पो कम्तीमा ५० हजारले अवलोकन गर्नुका साथै करिब १ करोडभन्दा बढीको आर्थिक कारोबार हुने सङ्घले अपेक्षा गरेको छ । एक्स्पो अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रू.१०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकको लागि प्रतिव्यक्ति रू. ५० लाग्नेछ । आजबाट सुरु भएको एक्स्पो १९ गतेसम्म चल्नेछ ।
कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत
कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहनुभएको आदिवासी जनजाति विभागको सदस्यमा सभापति देउवाले आज नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्द सन्तोषी राई, आङ्पासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्बे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङलाई मनोनयन गर्नुभएको हो ।
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
आज यहाँ आयोजित ‘विश्व जल नेतृत्व कार्यक्रमअन्तर्गत जलस्रोत व्यवस्थापन विषयक अध्ययन प्रतिवेदन’ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापन, उपयोग, संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
‘डेङ्गु नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक पर्छ ’
पछिल्लो समय डेङ्गु सङ्क्रमण जनस्वास्थ्यका रुपमा देखा पर्न थालेको छ । नेपालको केही वर्षको तथ्यांकले पनि डेङ्गु महामारीका रुपमा देखा पर्दै आएको देखाउँछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार नेपालमा सन् २०१९ मा १७ हजार ९९२ जनामा डेङ्गु पुष्टि भएको थियो । त्यसैगरी, सन् २०२० मा ५३०, सन् २०२१ मा ५४०, सन्
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताउनुभएको छ। महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रवार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो।
अपहरण गरेर मन्त्री बनाएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता : हाम्रो नेपाली पार्टी
हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता यथावत् रहेको जनाएको छ । सो पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले प्रदेशको मन्त्रीमा शपथ लिएको एक दिनपछि शुक्रवार हेटौँडामा हाम्रो नेपाली पार्टीले पत्रकार सम्मेलन गरी सालिकराम जमरकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता निरन्तर रहेको जनाएको हो ।
राष्ट्रिय सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे सुरु हुनेछ ।
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
निर्माण व्यवसायी महासङ्घको साधारण सभा हेटौँडामा सुरु
नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारण सभा आज शुक्रवारबाट हेटौँडामा सुरु हुँदै छ । शनिवारसम्म चल्ने साधारण सभामा देशभरका एक हजार एक सय प्रतिनिधि र पाँच सय पर्यवेक्षकको सहभागिता रहने भएको छ ।
हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन
त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको छ ।
शव व्यवस्थापनको विकल्प खोज्न परमादेश
सर्वोच्च अदालतले पाशुपत क्षेत्रभित्रको श्लेषमान्तक वनमा शव व्यवस्थापनको विकल्प खोज्न परमादेश जारी गरेको छ । शव गाड्ने स्थानको स्थान पहिचान र सुनिश्चितता र रिलोकेट गर्नसमेत अदालतले आदेश गरेको हो । अदालतले फैसला पाएका मितिले एक वर्षभित्र श्लेषमान्तक क्षेत्रमा शव गाड्न नपाउने गरी व्यवस्था मिलाउन सरकारलाई आदेश गरेको हो ।
बागमतीमा मन्त्रिपरिषद् विस्तार : हाम्रो नेपाली पार्टीबाट बज्राचार्यको शपथ
बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । बागमी प्रदेश सरकार अल्पमतमा परिरहेको समयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह
काठमाडौँ महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न अनुरोध गरेको छ।
त्रिविको अनलाइन सेवा चुस्त नहुँदा सेवाग्राहीलाई सास्ती
भोजपुरका मौसम राई त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) धाउन थालेको एक महिना भयो । कोरोनाको समयमा भएको स्नातक तहको ग्याप भेरिफिकेसनका लागि आउनुभएको उहाँलाई कुनै न कुनै डकुमेन्ट नपुगेको भनेर फर्काइने गरेको छ ।
सबैभन्दा धेरै घरेलु हिंसाका मुद्दा दर्ता
नेपाल प्रहरीले एक वर्षको अवधिमा ५९ हजार ६१ वटा घटनाका मुद्दा दर्ता गरेको छ । प्रहरीकाअनुसार दर्ता भएका मुद्दामा सबैभन्दा धेरै घरेलु हिंसाको मुद्दा १६ हजार सात सय ४१ रहेको छ । अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण गरी बिहिबार प्रहरी प्रधान कार्यलयमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी प्रहरीले दिएको हो ।