• १६ वैशाख २०८१, आइतबार

निर्माण व्यवसायी महासङ्घको साधारण सभा हेटौँडामा सुरु

blog

साधारण सभाको बारेमा जानकारी दिन बिहीबार हेटौँडामा आयोजित पत्रकार सम्मेलन । तस्बिर: गाेरखापत्र

राममणि दाहाल

हेटौँडा, चैत १६ गते । नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारण सभा आज शुक्रवारबाट हेटौँडामा सुरु हुँदै छ । शनिवारसम्म चल्ने साधारण सभामा देशभरका एक हजार एक सय प्रतिनिधि र पाँच सय पर्यवेक्षकको सहभागिता रहने भएको छ ।

निर्माण व्यवसायी सङ्घ मकवानपुर सह–आयोजक रहेको साधारण सभामा निर्माण क्षेत्रमा देखिएका समस्याहरूको बारेमा छलफल हुने जनाइएको छ । साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको आगामी चैत्र १६ र १७ गते हुने साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । 

साधारण सभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलसमेत राखिने भएको छ । साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न महासङ्घका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल समारोह समितिसहित विभिन्न उपसमितिहरू गठन गरिएको महासचिव दाहालले बताउनुभयो ।