• १९ असार २०८२, बिहिबार

कैलालीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

blog

निराजन परियार
चौमाला (कैलाली) असार १८ गते ।
कैलालीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ सि गाउँमा एक बालकको डुबेर ज्यान गएको हो ।

स्थानीय राजु श्रेष्ठका ८ वर्षीय छोरा शिद्धार्थ श्रेष्ठ पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते हुनुभएको थियो । तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । तर अस्पतालमा चिकित्सकले परीक्षण गरेपछि शिद्धार्थलाई मृत घोषणा गरेका हुन् ।

डुबेको स्थान घर नजिकै रहेको खाल्डो रहेको प्रहरीले जनाएको छ । बालक खेल्ने क्रममा सो खाल्डोमा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।