अधिवक्तालाई अभिमुखीकरण
नेपाल कानुन व्यवसायी परिषद्को ३१ औँ तहको अधिवक्ता परीक्षाबाट उत्तीर्ण भएका अधिवक्तालाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
सालनालसहित नवजात शिशुको शव फेला
पश्चिम मकवानपुरको मनहरीमा मङ्गलबार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी–७ रमौली बांगेटोल स्थित मनहरी खोलाको छेउमा सालनालसहित नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हजुरआमा, आमा र छोराछोरी सँगै एसइई दिँदै
सुमित्रा अधिकारी उमेरले ६० वर्ष पुग्नुभयो । रामेछाप जन्मेर काभ्रेपलाञ्चोक दाप्चा कर्म घर बनाउँदै लामो समयदेखि भक्तपुरको चाँगुनारायण नगरपालिका‐२ दुवाकोट बस्दै आउनुभएकी उहाँ यतिबेला नाति उमेरका किशोर किशोरीसँगै यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुँदै हुनुहुन्छ ।
प्रादेशिक ललितकला प्रदर्शनी (फोटो फिचर)
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०, सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ नारासाथ प्रज्ञा–प्रतिष्ठानले सातै प्रदेशमा पहिलो पटक प्रदर्शनी आयोजना गरेको हो।
हाम्रो नेपाली पार्टीद्वारा बागमती सरकारलाई दिएको समर्थन फिर्ता
बागमती प्रदेश सरकारलाई हाम्रो नेपाली पार्टीले दिएको समर्थन फिर्ता लिएको छ ।
नेपाल लगानीको प्राथमिकतामा छ : एआइआइबी
एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआइआइबीको उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेटका क्रममा नेपाललाई लगानीको प्राथमिकतामा राखिएको जनाएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
ज्यान जोखिममा राखेर असुरक्षित गर्भपतन
केही महिनाअघि रामेछापकाी सान्नानी श्रेष्ठ (नाम परिवर्तन) अनिच्छामै गर्भवती भइन् । दुई वटा सन्तानकी आमा भइसक्नुभएकी उहाँले तेस्रो सन्तान जन्माउने इच्छा नभएपछि श्रीमानको समेत सल्लाहमा गर्भपतन गराउने निर्णय गरिन् ।
बङ्गलादेशका पाँच नागरिक काठमाडौँमा पक्राउ
पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।
घुम्नैपर्ने धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान
बूढापाकाहरू भन्ने गर्छन्, ‘नमरी स्वर्ग देखिँदैन ।’ जुन ठाउँको वर्णन गरिएको छ त्यो ठाउँमा नगइकन त्यहाँको वातावरण, दृश्य, दुःख, सुख बुझ्न सकिँदैन । स्वर्गीय आनन्द लिने त ज्यूँदै छँदा हो, साँच्ची नै नारायणस्थान डाँडामा पुग्ने जो कोहीले पनि प्रकृतिको स्वर्गीय आनन्द भने अवश्य लिने छन् ।
कारको ठक्करबाट एकको मृत्यु
पूर्वी मकवानपुरको धरान–चतरा सडक खण्ड अन्तर्गत बकैया गाउँपालिका वडा नं. ४ गोठखोलामा कारको ठक्करले एक साइकल यात्रीको मृत्यु भएको छ ।
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई आर्थिक सहयोग
नगरपालिकाले सोमबार सूचना निकालेर टोखा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकमध्ये विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सीमान्तकृत र लोपोन्मुख वर्गका बिरामीलाई आर्थिक सहयोग गर्ने जनाएको हो ।
आयरल्यान्ड ए र नेपाल भिड्दै
नेपालले आज आयरल्यान्ड ए सँग टी २० अभ्यास खेल खेल्दै छ । आज दोस्रो अभ्यास खेल दिउँसो १ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपाल विश्वकप टी २० को अभ्यासका क्रममा रहेको छ । नेपालले आयरल्यान्ड ए सँग दुई वटा खेल खेल्ने तालिका छ ।
पालिकाको लगानीमा कृषि उद्योग ग्राम
पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले पालिकाका नागरिकको मुख्य आम्दानीको स्रोत कृषि बनाउने गरी कृषिमा व्यवसायीकरण गर्न सुरु गरेको छ । पशुपालनसँगै कृषिजन्य उत्पादनमा स्थानीय बासिन्दालाई जोड्दै पालिकालाई कृषिको पकेट क्षेत्रका रूपमा विकास गर्न प्रयास थालेको छ ।
चोभार सुक्खा बन्दरगाहमा व्यावसायिक गतिविधि बढ्दै
राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् ।
जिरी महोत्सवको तयारी पूरा
दोलखाको जिरीमा चैत २३ गतेदेखि हुने १० दिने जिरी महोत्सव २०८० को अन्तिम तयारी पूरा भएको छ । सदरमुकाम चरीकोटमा सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भएको जानकारी गराइएको हो । नेपालको स्विट्जरल्यान्ड सगरमाथाको प्रवेशद्वार, समृद्ध जिरी निर्माणमा अर्गानिक, कृषि, पर्यटन, संस्कृति छन् आधार मुल नाराका साथ हुने दोस्रो जिरी महोत्सवमा हुन लागेको मुख्य आयोजक उद्योग वाणिज्य सङ्घ जिरीका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो ।
किसानलाई अनुदान दिन सांसदको माग
कृषिजन्य उत्पादनको बजारीकरण र वास्तविक किसानलाई अनुदान दिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
बाघले चारवटा गाई मार्यो
पूर्वी मकवानपुरमा बाघले चारवटा गाई मरेको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नं. ७ मनसाही जरायोटारस्थित मनकामना सामुदायिक वनमा चरनामा रहेका ती गाईलाई बाघले मरेको हो ।
महिला पत्रकारलाई साधना महिला सम्मान
गोरखापत्र दैनिकका पत्रकार यलु जोशीले सोमबार साधना महिला पत्रकारिताबाट सम्मानित हुनुभएको छ । उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले जोशीसहित ६ जना महिला पत्रकारलाई साधना महिला पत्रकारिता सम्मानले सम्मानित गर्नुभयो ।
जिरी महोत्सवको तयारी पूरा
दोलखाको जिरीमा हुन लागेको १० दिने जिरी महोत्सव २०८० को अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ ।
सर्वोच्चद्वारा दुर्गा प्रसाईँको पक्षमा रिट जारी
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा रिट जारी गरेको छ ।सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको हो ।
वर्षाले डढेलो नियन्त्रणमा सहज
केही दिनयता परेको वर्षाले वनमा लागेको डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । वर्षाका कारण मुलुकको पूर्वी क्षेत्रको डढेलो नियन्त्रणमा आएको छ भने अझै पश्चिमका केही क्षेत्रमा नियन्त्रणमा आउन बाँकी छ ।
दीपक कार्कीद्वारा वन राज्यमन्त्रीको शपथ ग्रहण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराउनुभएको छ ।
नेपाली सेना जनताको भरोसाको केन्द्र
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेना विषम परिस्थितिमा नेपाली जनताको भरोसाको केन्द्रको रूपमा रही आएको बताउनुभयो ।