• १५ वैशाख २०८१, शनिबार

सालनालसहित नवजात शिशुको शव फेला

blog

अनिल पराजुली

हेटौँडा, चैत १३ गते । पश्चिम मकवानपुरको मनहरीमा मङ्गलबार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी–७ रमौली बांगेटोल स्थित मनहरी खोलाको छेउमा सालनालसहित नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भर्खरै जन्मेको जस्तो देखिने नवजात (छोरा) शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । यसअघि पनि हेटौँडामा सालनालसहितको नवजात शिशु फेला परेको थियो ।