• १६ वैशाख २०८१, आइतबार

हाम्रो नेपाली पार्टीद्वारा बागमती सरकारलाई दिएको समर्थन फिर्ता

blog

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय । तस्बिर : गोरखापत्र

राममणि दाहाल

हेटौँडा, चैत १३ गते । बागमती प्रदेश सरकारलाई हाम्रो नेपाली पार्टीले दिएको समर्थन फिर्ता लिएको छ । हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान वज्राचार्यले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो । 

उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र  बागमती प्रदेश प्रमुखलाई जानकारी गराएको बताउनुभयो । हाम्रो नेपाली पार्टीले गत वर्ष पुसमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन दिएको थियो । 

संसदीय दलका नेता वज्राचार्यले  प्रदेशमा आफूहरुले मुख्यमन्त्री माग गरेको बताउँदै मुख्यमन्त्री नपाएमा विपक्षमा बस्ने बताउनुभयो । 

यसअघि नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै वर्तमान सरकार अल्पमतमा परेको छ । यस प्रदेशमा हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य छन् ।