बनेपामा शुक्रबारे हाटबजार
बनेपा नगरपालिका-४ नालाका रिया श्रेष्ठले पहिलो दिन करिब ८० किलोभन्दा बढी ब्रोकाउली बिक्री गर्नुभयो ।
रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताउनुभएको छ ।
महिला समानताका लागि सामूहिक प्रतिबद्धता
सरकारले ‘आत्मस्वाभिमानी छोरी’सहितको देश निर्माण गर्ने अभियान थाल्ने भएको छ । यही नारासहित देशका ७५३ पालिकामार्फत सरकारले लैङ्गिक संवेदनशील सेवा प्रवाह गर्ने भएको छ ।
जनप्रतिनिधिको मूल्याङ्कन नागरिकले गर्नुपर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जनप्रतिनिधिको मूल्याङ्कन नागरिकले गर्नुपर्ने बताउनुभएको छ । तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशूली नदी पुलको शनिबार उद्घाटन गर्दै उहाँले माथिल्लो जिम्मेवारीमा बसेकाहरूबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम सम्पन्न भएको छ भन्ने कुराको अब मूल्याङ्कन गर्नुपर्ने बेला भएको बताउनुभयो ।
नागरिकता बिक्री प्रकरण : दुई अधिकृत पुर्पक्षमा
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एक जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
बागमतीमा मन्त्री परिषद् विस्तार हुँदै
बागमती प्रदेश सरकार विस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिन तयारी गर्दै गर्दा शनिबार मन्त्री परिषद् विस्तारको तयारी गर्नुभएको हो ।
प्रदेश सभालाई पारदर्शी बनाउँछु : सभामुख पाठक
बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले प्रदेश सभालाई पारदर्शी र जनताको पहुँचमा पुर्याउने प्रयासको थालनी गरेको बताउनुभएको छ ।
एक महिनाभित्र सुनकोशी मरिणको सुरुङ ‘ब्रेक थ्रू’ गरिने
राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ ।
दक्षिणकाली सडक बन्द
हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दुरीको मार्ग कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडक शनिबारबाट अनिश्चितकालका लागि बन्द गरिएको छ ।
वडा अध्यक्षको विवादले २० दिनदेखि कामकाज ठप्प
दोलखाको तामाकोसी गाउँपालिका-३ जफेको कामकाज ठप्प भएको छ । वडाका वडा अध्यक्ष राम प्रसाद काफ्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन २७ गते विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै निलम्बनमा पर्नु भएको हो ।
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्न पत्रहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।
राष्ट्रपति पौडेल तनहुँ जानुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा पक्की पुलको उद्घाटनका लागि त्यसतर्फ जाँदै हुनुहुन्छ ।
‘राप्रपासँग तत्काल एकता असम्भव’
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच तत्काल एकताको सम्भावना नरहेको बताउनुभएको छ । उहाँले राष्ट्रवादी शक्ति र दललाई एउटै मोर्चामा ल्याउन गरिएको प्रयास सफल नभएको बताउँदै अहिले सनातन धर्मलाई कमजोर बनाउने काम भइरहेको बताउनुभयो ।
त्रिशूली दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो, पाँचको मृत्यु एक बेपत्ता
पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका-५ पृथ्वी राजमार्गको सिमलधारा नजिक भएको ट्याक्सी दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ ।
त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु
पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका-५ पृथ्वी राजमार्गको सिमलधारा नजिक काठमाडौँबाट गोरखा तर्फ गई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट करिब सय मिटर तल त्रिशूली नदीमा खसेको छ ।
उत्पादनसँग जोडेर आत्मनिर्भर पालिका बनाउने छौँ
चितवनका नगरपालिकामध्ये विकट भूभाग समेटिएको राप्ती नगरपालिकामा विपन्न चेपाङ समुदायको बाक्लो बस्ती छ । यही नगरपालिका भएरै काठमाडौँ जोड्ने भण्डारा–मलेखु सडक निर्माण भएको छ । यसअघि वडाध्यक्ष भएर काम गरिसके
सहकारीको नियमन गर्न स्वायत्त निकाय गठनको सुझाव
कमजोर नियमनको फाइदा उठाउँदै सहर केन्द्रित केही सहकारीले सदस्यको बचत दुरुपयोग गर्ने क्रम बढ्दै गएपछि सरकारले दोस्रो तहको नियामक गठन गर्ने प्रक्रिया अघि बढाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसका लागि सैद्धान्तिक सहमतिका लागि अर्थ र कानुन मन्त्रालयमा पठाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई नियमन गर्न शक्तिशाली नियामक गठन प्रक्रिया अघि बढाइएको बताउनुभयो । शुक्रबार सहकारी विभागसँगको सहकार्यमा नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले आयोजना गरेको ‘सहकारीमा दोस्रो तहको नियामक आवश्यकता र औचित्य’ विषयक छलफल कार्यक्रममा सहकारीलाई नियम अनुसार चलाउन कठोर नीति लिनुपर्ने मन्त्री अधिकारीले बताउनुभयो ।
खगेन्द्र नवजीवन केन्द्रको बेथिति, एउटै सुझाव कार्यान्वयन भएन
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भएको बेथिति, अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको एक महिना पुग्दा पनि कार्यान्वयन थालनी भएको छैन । सङ्घको अनियमितता अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले फागुन १६ गते काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गरेर प्रगति विवरण प्रस्तुत गर्न पदाधिकारीलाई निर्देशन दिए पनि कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा माघ १० गते गठित समितिले छानबिनका क्रममा व्यापक अनियमितता, पदाधिकारी र मनोमानी भएको निष्कर्षसहित बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन थाल्न निर्देशन दिनुभएको थियो ।
पक्राउ पर्नेबित्तिकै अस्पताल भर्ना हुने प्रवृत्ति बढ्यो, कार्यविधि बनाउँदै काउन्सिल
प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका व्यक्ति अनुसन्धानकै क्रममा अस्पताल भर्ना हुने क्रम बढेपछि त्यसबारे कार्यविधि नै तर्जुमा गर्न लागिएको छ । विभिन्न आरोपमा पक्राउ भएका व्यक्तिले स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि नेपाल मेडिकल काउन्सिलले त्यससम्बन्धी कार्यविधि तर्जुमा गर्ने भएको हो । गत माघमा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ पर्नुभएका उद्योगी अरुण चौधरी पक्राउ पर्नेबित्तिकै चिरायु अस्पताल भर्ना हुनुभएको थियो । सुरुमा चिरायु अस्पताल भर्ना गरिएकोमा पछि उहाँलाई ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । त्यहीँबाट नै प्रहरीले थप अनुसन्धान गरेको थियो । उद्योगी चौधरीलाई हिरासतमुक्त हुनेबित्तिकै थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
मूलधारका मिडियालाई बचाउन सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे
ण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मूलधारका मिडियालाई बचाइ राख्न सामाजिक सञ्जाल चुनौती भएकाले यसलार्ई सबै पक्ष मिलेर व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ।
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिले आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बजेट लेखन समिति गठन
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट लेखन समिति गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता : डा.सापकोटा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा.रुपक सापकोटाले अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता भएको बताउनुभएको छ ।
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक बनाइराख्ने काममा संलग्न थप एकजना बङ्गलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।