• १३ साउन २०८१, आइतबार

त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

blog

वसन्त पराजुली

भरतपुर, चैत १७ गते । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका-५ पृथ्वी राजमार्गको सिमलधारा नजिक काठमाडौँबाट गोरखा तर्फ गई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट करिब  सय मिटर तल त्रिशूली नदीमा खसेको  छ । मुग्लिङ प्रहरीका अनुसार त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा एक बालिका, २ जना महिला र दुई पुरुष रहेका छन् । उनीहरूको सनाखत हुन बाँकी छ । प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको जनाएको छ । ट्याक्सीमा कति  जना सवार थिए भन्ने नखुलेको जनाएको छ ।