• १५ वैशाख २०८१, शनिबार

बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

blog

काठमाडौँ, चैत १६ गते । बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक बनाइराख्ने काममा संलग्न थप एकजना बङ्गलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा यासिर अहमद भनिने एमडी यासिर बङ्गला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार निजलाई काठमाडौँ महानगरपालिका-९ सिनामङ्गलबाट हिजो बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

पक्राउ परेका बङ्गलादेशी नागरिकहरुलाई युरोपका विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने विश्वास दिलाई बङ्गलादेशबाट नेपाल ल्याई काठमाडौँ महानगरपालिका-१६ पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलको कोठामा राखी पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिएर बन्धक बनाइराखेको पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेका बङ्गलालाई अपहरण तथा शरीर बन्धक कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।” रासस